Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    कांग्रेस अधिबेसन

    खोटाङ प्रदेश ‘क’मा राई, ‘ख’मा घिमिरे निर्वाचित

    खोटाङ प्रदेश ‘क’मा राई, ‘ख’मा घिमिरे निर्वाचित


    • शनिवार, मंसिर ४ २०७८

    • नेपाल वाइड


    खोटाङ प्रदेश ‘क’मा राई, ‘ख’मा घिमिरे निर्वाचित
    कांग्रेस प्रदेश ‘क’मा निर्वाचित राजेन्द्र राई र प्रदेश ‘ख’मा निर्वाचित दिनेश घिमिरे ।

    खोटाङ । ४ मंसिर, नेपाली कांग्रेस खोटाङ क्षेत्रीय कार्य समिति (प्रदेश क)को सभापतिमा राजेन्द्र राई निर्वाचित भएका छन् । सभापतिका अर्का उम्मेद्वार भक्तजङ राईलाई ९२ मतले पछि पार्दै राजेन्द्र क्षेत्रीय सभापति चुनिएका हुन् ।

    शनिबार बिहान सार्वजनिक अन्तिम मत परिणाम अनुसार राजेन्द्रले ३७२ मत ल्याउँदा भक्तजङले २८० मत पाएको मतदान अधिकृत शिवहरि ढकालले बताए ।

    राजेन्द्रले पौडेल/कोईराला प्यानलबाट क्षेत्रीय सभापति सहित सवै पदाधिकारीमा बाजी मारेका हुन् । उनी कोईराला निकट महासमिति सदस्य सुवासकुमार पोखरेलसँग नजिक छन् ।

    उनलाई पौडेल निकट पुर्व जिल्ला सभापति एवं सभापतिका उम्मेद्वार बिष्णुकुमार राई, पुर्व सभापति नरेश श्रेष्ठ, महासमिति सदस्य एवं सभापतिका उम्मेद्वार रविप्रकाश राई, क्षेत्रीय सभापति इवन राई लगायतको साथ छ । भक्तजङ देउवा निकट पुर्व राज्यमन्त्री एवं जिल्ला सभापतिका उम्मेद्वार सर्वधन राईको प्यानलबाट उठेका थिए ।

    क्षेत्रीय उपसभापतिमा राजेन्द्रकै प्यानलका बालकुमार राईले ३३८ मत र मित्रलाल पुरीले ३५५ मत, सचिवमा राजन भट्टराईले ३७४ र ज्ञानेन्द्र राईले ३४४, सह–सचिवमा पृथ्वीनारायण आचार्यले ३७० र भूपेन्द्र खनालले २७० मत ल्याएर विजयी भएका छन् । १७ जना प्रदेश प्रतिनिधिमा पनि मञ्जु कार्की बाहेक सबै राजेन्द्रकै प्यानलबाट निर्वाचित भएका छन् ।

    यस्तै क्षेत्रीय कार्य समिति (प्रदेश ख)को सभापतिमा दिनेश घिमिरे निर्वाचित भएका छन् । ६३५ मत खस्दा घिमिरे ३३१ मत ल्याएर सभापतिमा निर्वाचित भएका हुन् । सिमपानीस्थित सिमपानी माविमा शुक्रबार राती घोषित नजिता अनुसार उनका प्रतिद्धन्द्धी चण्डीकुमार राईले २७५ मत पाएका छन् ।

    क्षेत्रीय उपसभापतिमा घिमिरे प्यानलकै महेन्द्र राईले ३२७ मत र राई प्यानलका रामचन्द्र केसीले २८८ मत ल्याएर उपसभापतिमा निर्वाचित भएका छन् ।

    सचिवमा ३२४ मत ल्याएर घिमिरे प्यानलकै प्रविण राई र २८४ मत ल्याएर समराज राई निर्वाचित भएका छन् । सह–सचिवमा पनि घिमिरेकै प्यानलबाट ३०२ मत ल्याएर राजकुमार बस्नेत र कमल प्रधान निर्वाचित भएका छन् ।

    घिमिरे देउवा, पौडेल र कोईराला टिमको सहयोगमा क्षेत्रीय सभापति निर्वाचित भएका हुन् । राई कृष्ण सिटौला/गगन थापा समुहका उम्मेद्वार हुन् । प्रदेश ‘ख’मा सवै एकतिर भएपछि सिटौला/थापाको नेतृत्व गरेको महाधिबेसन प्रतिनिधि एवं जिल्ला सभापतिका उम्मेद्वार भूपेन्द्र राई आफ्नो एकल प्यानल सहित चुनावी मैदानमा उत्रिएका थिए ।

    सम्बन्धित समाचार