शनिवार, मंसिर ४ २०७८
नेपाल वाइड
खोटाङ । ४ मंसिर, खोटाङमा नेकपा (माओवादी केन्द्र)को वडा अधिबेसनमार्फत दुई हजार भन्दा बढी नेता तथा कार्याकर्ताले नयाँ जिम्मेवारी पाउँदैछन् ।
७९ वडा रहेको जिल्लामा पदाधिकारी सहित प्रतिवडा २९ सदस्यीय वडा कमिटि निर्माणका क्रममा २ हजार २९१ जनाले नयाँ जिम्मेवारी पाउन लागेका हुन् ।
दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लाको सबै वडामा अधिबेसनको तयारी पुरा भएको नेकपा (माओवादी केन्द्र) खोटाङका संयोजक देवान किराती पृथ्वीले बताए ।
शनिबार पाँच वडा बाहेक अन्य वडामा नेतृत्व चयन हुने अनुमान गरिएको छ । पाँच वडामा भने वडा नेतृत्वको आफन्तको मृत्यु भएको लगायतका कारण वडा अधिबेसन सर्नसक्ने संयोजक किरातीले बताए ।
नेकपा (माओवादी केन्द्र)को वडा अधिबेसनले अध्यक्ष, उपाध्यक्ष, सचिव, सह–सचिव र कोषाध्यक्ष सहित सदस्य चयन गर्ने छन् । वडा कमिटिमा ३५ प्रतिशत महिला र १० प्रतिशत दलितको प्रतिनिधित्व हुने संयोजक राईले बताए ।
सर्वसहमती भए शनिबार र मतदान गर्नुपर्ने अवस्था भए आइतबार गर्ने व्यवस्थाका लागि निर्वाचन समिति स्वयत्त रहेको माओवादी केन्द्रले जनाएको छ ।
‘नयाँ क्रान्तिकारी विचार र नयाँ क्रान्तिकारी पार्टी निर्माण गरौँ’ भन्ने नारासहित मुलुकभर माओवादीको वडा सम्मेलन हुन लागेको हो । माओवादी केन्द्रले आगामी ११ मंसिरमा पालिका, २५ मंसिरमा प्रदेश तथा ११ पुसदेखि १३ पुसमा काठ्माण्डौंमा राष्ट्रिय सम्मेलन गर्दैछ ।