Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    राजनिति

    कांग्रेस क्षेत्रीय अधिबेसन : राती नै मत गणना सुरु

    कांग्रेस क्षेत्रीय अधिबेसन : राती नै मत गणना सुरु

    प्रदेश ‘क’को मत गणना हुँदै

    • शुक्रवार, मंसिर ३ २०७८

    • नेपाल वाइड


    कांग्रेस क्षेत्रीय अधिबेसन : राती नै मत गणना सुरु
    कांग्रेस क्षेत्रीय कार्य समिति (प्रदेश ख)को मतदान स्थल सिमपानी क्याम्पसमा कांग्रेसका नेतातथा कार्यकर्ताहरु ।

    खोटाङ । ३ चैत, खोटाङमा नेपाली कांग्रेस क्षेत्रीय कार्य समिति (प्रदेश ख)को मत गणना सुरु भएको छ । शुक्रबार ५ बजे मतदान सकिए पनि राती ८.४० बजेबाट मत गणना सुरु भएको हो । बिहानसम्ममा मत परिणाम आउने निर्वाचन अधिकृत सुदीप काफ्लेले बताए ।

    कुल मतदाता (क्षेत्रीय प्रतिनिधि) संख्या ६७२ रहेको प्रदेश ‘ख’मा ६३५ मत खसेको छ । कांग्रेस क्षेत्रीय कार्य समिति (प्रदेश ख)को अधिबेसन सिमपानीस्थित सिमपानी क्याम्पसको भवनमा आयोजना गरिएको छ ।

    कांग्रेसको क्षेत्रीय कार्य समिति (प्रदेश ख) को सभापतिमा पौडेल समुहको टिमबाट दिनेश घिमिरे, उपसभापतिमा महेन्द्र राई र रमाहाङ राई, सचिवमा समराज राई र प्रविण राई, सह–सचिवमा कमल प्रधान र राजकुमार बस्नेत चुनावी मैदानमा छन् ।

    यस्तै, कृष्ण सिटौला/गगन थापा प्यानलबाट क्षेत्रीय कार्य समिति (प्रदेश ख) को सभापतिमा चण्डीकुमार राई, उपसभापतिमा हरिबहादुर खड्का र रामचन्द्र केसी, सचिवमा बलराम राई र मोहन कट्वाल, सह–सचिवमा मणिराज खत्री र शिव राई उम्मेद्वार छन् । प्रदेश ‘ख’मा देउवा, पौडेल र कोईरालाको सहकार्य भएपछि सिटौला/थापा समुह एक्लै चुनावी मैदानमा उत्रिएको बताइएको छ ।

    प्रदेश ‘क’को मत गणना हुँदै

    कांग्रेस क्षेत्रीय कार्य समिति (प्रदेश क) को मत गणना पनि रातारात गर्ने तयारी गरिएको छ । हलेसीस्थित महेन्द्रोद्धय माबिमा आयोजित अधिबेसन अन्तरगत भएको मतदातको मत गणना राती १० बजेपछि सुरु गर्ने तयारी गरिएको निर्वाचन अधिकृत शिवहरी ढकालले बताए ।

    महाधिबेसन प्रतिनिधिका उम्मेद्वार किसन भुजेल ‘अल्पसंख्यक हुन् वा होइनन्’ भन्ने विषयमा दावीविरोध परेपछि मतदान निर्धारित समयभन्दा ढिलो सुरु भएको थियो ।

    कांग्रेस क्षेत्रीय कार्य समिति (प्रदेश क) मा देउवा निकट टिमबाट भक्तजङ राईलाई सभापतिमा उठाएको छ । उपसभापतिमा दिलिप राजा गिरी र उद्धव राई, सचिवमा सुमन आचार्य र राजकुमार राई, सह–सचिवमा मनकुमार तामाङ र मकर राईलाई उम्मेद्वार बनाएको छ ।

    यस्तै कोईराला निकट टिमबाट क्षेत्रीय कार्य समिति (प्रदेश क) को सभापतिमा राजेन्द्र राई, उपसभापतिमा बालकुमार राई र मित्रलाल पुरी, सचिवमा राजन भट्टराई र ज्ञानेन्द्र राई, सह–सचिवमा पृथ्वीनारायण आचार्य र भूपेन्द्र खनाल उठेका छन् ।

    सम्बन्धित समाचार