Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    राजनिति

    कांग्रेस खोटाङको सभापतिमा चार जना मैदानमा

    कांग्रेस खोटाङको सभापतिमा चार जना मैदानमा


    • बुधवार, मंसिर १ २०७८

    • नेपाल वाइड


    कांग्रेस खोटाङको सभापतिमा चार जना मैदानमा
    कांग्रेस सभापतिका उम्मेद्वार क्रमशः बिष्णु राई, भूपेन्द्र राई, रबिप्रकाश राई र सर्वधन राई ।

    खोटाङ । १ मंसिर, खोटाङमा नेपाली कांग्रेसको जिल्ला सभापतिका लागि चार नेताले उम्मेद्वारी घोषणा गरेका छन् । आगामी ६ मंसिरमा हुने जिल्ला अधिबेसनका लागि पुर्व राज्यमन्त्री सर्वधन राई, पुर्व सभापति बिष्णुकुमार राई, महासमिति सदस्य रबिप्रकाश राई र महाधिबेसन प्रतिनिधि भूपेन्द्र राई सभापति पदका लागि चुनावी मैदानमा उत्रिएका हुन् ।

    सभापतिका आकांक्षी चार नेताले आ–फ्नो प्यानल खडा गरेर फरक–फरक समयमा उम्मेद्वारी दिने घोषणा गरेका हुन् । पुर्व राज्यमन्त्री सर्वधन र महासमिति सदस्य रबिप्रकाश केन्द्रमा सभापति देउवासँग नजिक मानिन्छन् । पुर्व सभापति बिष्णुकुमार पौडेल र महाधिबेसन प्रतिनिधि भूपेन्द्र सिटौलासँग नजिक मानिन्छन् ।

    पुर्व सभापति बिष्णुकुमारको प्यानलबाट उपसभापतिमा इवन राई र तिर्थराज भट्टराई, सचिवमा ज्ञानेन्द्र जोशी र समिर राई, सह–सचिवमा सार्जन राई र शालिकराम बञ्जरालाई उठाउने तयारी गरिएको छ ।

    यस्तै, पुर्व राज्यमन्त्री सर्वधनको प्यानलबाट उपसभापतिमा मनोज तिम्सिना, सचिवमा रोजन राई, सह–सचिव ध्यानबहादुर राईको नाम टुंगिएको छ । महाधिबेसन प्रतिनिधि भूपेन्द्रको टिमबाट उपसभापतिमा चन्द्रबहादुर थापा, सचिव श्याम राई र सह–सचिवमा ध्यानबहादुर राईलाई अघि सारिएको छ । महासमिति सदस्य रबिप्रकाशको भने प्यानल फाइनल हुन बाँकी छ ।

    पुर्व राज्यमन्त्री सर्वधन र महाधिबेसन प्रतिनिधि भूपेन्द्रको प्यानलमा एक उपसभापति, एक सचिव र एक सह–सचिवको पद भने रिक्त राखिएको छ । अन्य प्यानलसँग सहकार्य गर्ने रणनिती स्वरुप केही पद रिक्त राखिएको श्रोत बताउँछ ।

    दुबै प्यानलको सह–सचिवमा ध्यानबहादुरको नाम राखेको पाइएको छ । क्षेत्रीय कार्यसमिति (प्रदेश)को अधिबेसनको नतिजा हेरेर बाँकी पदमा फरक टिमसँग एलायन्स गर्ने योजना सहित पद रिक्त राखिएको पुर्व राज्यमन्त्री राईको प्यानलबाट सचिवका उम्मेद्वार बनेका नेता रोजन राईले बताए ।

    क्षेत्रीय अधिबेसनपछि अन्य टिमसँग मिल्ने अवस्था आए सहकार्य गरिने कांग्रेस जन्तेढुंगा गाउँ कार्य समिति सभापति बाजिन्द्र बिष्टले बताए । ‘मिल्ने अवस्था आए रिक्त पदमा अन्य टिमका नेतालाई राखिन्छ, मिल्ने अवस्था नभए आफ्नै प्यानल तयार हुन्छ,’ भूपेन्द्रको प्यानलमा रहेका बिष्टले भने, ‘अन्य टिमसँग सहकार्य हुने/नहुने टुंगो क्षेत्रीय कार्यसमितिको अधिबेसनपछि लाग्छ ।’

    सम्बन्धित समाचार