बुधवार, मंसिर १ २०७८
नेपाल वाइड
खोटाङ । १ मंसिर, खोटाङमा नेपाली कांग्रेसको अधिबेसनको चटारो पत्रकारलाई पनि लागेको छ । आगामी ६ मंसिरमा हुने जिल्ला अधिबेसनमा पत्रकार उत्तम चौंलागाईले कांग्रेस केन्द्रीय महाधिबेसन प्रतिनिधिका लागि उम्मेद्वारी दिने घोषणा गरेका छन् ।
नेपाल प्रेस यूनियनका जिल्ला अध्यक्ष रहेका पत्रकार चौंलागाईले बुधबार सामाजिक सञ्जालमार्फत केन्द्रीय महाधिबेसन प्रतिनिधिका लागि भोट माग्दै उम्मेद्वारी दिएको पर्चा सार्वजनिक गरेका हुन् ।
जन्तेढुंगा गाउँपालिका–४ डम्बर्खुशिवालय घर भएका पत्रकार चौंलागाई नेपाल पत्रकार महासंघका पुर्व जिल्ला सचिव एवं प्रभावन्यूजडटकमका सम्पादक हुन् ।
आफु नेपाल प्रेस यूनियनमा आवद्ध भएकाले कांग्रेसको केन्द्रीय महाधिबेसन प्रतिनिधिमा उठ्नका लागि कुनै छेकबार नभएको उम्मेद्वार चौंलागाईले बताए । पार्टी संगठनमा पत्रकारको उम्मेद्वारीका विषयमा भने थरिथरिका टिकाटिप्पणी भइरहेका छन् ।