Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    राजनिति

    नेपाल निजामती कर्मचारी युनियनको अध्यक्षमा घिमिरे

    नेपाल निजामती कर्मचारी युनियनको अध्यक्षमा घिमिरे


    • बुधवार, मंसिर १ २०७८

    • नेपाल वाइड


    नेपाल निजामती कर्मचारी युनियनको अध्यक्षमा घिमिरे
    नेपाल निजामती कर्मचारी युनियन खोटाङको अध्यक्ष प्रकाश घिमिरे लगायत ।

    खोटाङ । नेपाली कांग्रेस निकट नेपाल निजामती कर्मचारी युनियन खोटाङको अध्यक्षमा प्रकाश घिमिरे चयन भएका छन् । यूनियनको सोमबार जिल्ला समन्वय समितिको सभाहलमा सम्पन्न आठौँ जिल्ला अधिवेशनवाट घिमिरे सर्वसहमत अध्यक्षमा चयन भएका हुन् ।

    यूनियनको १७ सदस्यीय जिल्ला कार्य समितिको खुल्ला उपाध्यक्षमा जानुका श्रेष्ठ, महिला उपाध्यक्षमा चन्द्रमाया राई र समावेशी उपाध्यक्षमा विकास राई चयन भएका छन् ।

    सचिवमा शम्भु तामाङ, सह–सचिवमा दिनेश खत्री तथा कोषाध्यक्षमा लेखनाथ कटुवाल चयन भएको यूनियनले जनाएको छ । १० जना जिल्ला सदस्यमध्ये ४ जना खुल्ला सदस्य, २ जना कार्यालय सहयोगी समावेसी सदस्य र २ जना महिला समावेसी सदस्य छन् ।

    अध्यक्षबाट मनोनित हुने २ सदस्यमध्ये १ जना भने मनोनित गर्न बाँकी रहेको अध्यक्ष घिमिरेले बताए । अधिवेशनले भगतप्रसाद आचार्य, अनिल आचार्य, पाण्डव घिमिरे र इरन राईलाई केन्द्रीय प्रतिनिधि छनोट गरेको छ ।

    ‘राष्ट्रसेवा, निष्पक्षता, तटस्थता र कर्मचारी एकता’ नाराका साथमा भएको अधिवेशन नेपाली कांग्रेसका महासमिति सदस्य रविप्रकाश राईले उद्घाटन गरेका थिए ।

    अधिबेसन उद्घाटनको अवशरमा यूनियनले लामो समयसम्म संगठनलाई सहयोग पुर्‍याएको योगदानको उच्च सम्मान गर्दै निजामती सेवाबाट अवकास लिएर निवृत्त जिवन विताइरहेका पूर्वकर्मचारीलाई सम्मान गरेको छ ।

    सोही अवसरमा युनियनको अध्यक्ष चुनिएपछि अन्यत्र सरुवा भएर गएका तयन्द्रकुमार राईलाई पनि दोसल्ला ओढाएर सम्मान गरिएको यूनियनले जनाएको छ ।

    सम्बन्धित समाचार