मंगलवार, कार्तिक ३० २०७८
नेपाल वाइड
खोटाङ । ३० कत्तिक, खोटाङकी एमाले नेतृ उषाकला राईले केन्द्रिय सदस्यमा उम्मेद्वारी दिने घोषणा गरेकी छन् । प्रदेश नम्बर १ की पुर्वसामाजिक बिकास मन्त्री राईले मंगलबार दिक्तेलमा पत्रकारसँगको भेटघाट कार्यक्रममा एमालेको केन्द्रीय कमिटि सदस्यमा उठ्ने घोषणा गरेकी हुन् ।
पत्रकारसँग कुरा गर्दै राईले आगामी १० मंसिरदेखि १२ मंसिरसम्म चितवनमा हुने १० औं राष्ट्रिय महाधिबेसनमा केन्द्रीय कमिटि सदस्यमा उठ्ने जानकारी दिएकी छन् ।
केन्द्रीय कमिटि सदस्यको उम्मेद्वारीका विषयमा जिल्लाका नेताबिचमा थप छलफल गर्ने राईले बताएकी छन् । जिल्लाका अन्य आकांक्षीले भने हालसम्म उम्मेद्वारी घोषणा गरेका छैनन् ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेकी नेतृ राई कोदोको लोकल रक्सीलाई व्याण्ड होईन ब्राण्ड बनाइनुपर्ने ‘व्याण्ड भर्सेस ब्राण्ड’का अभियानकर्ता हुन् ।
खोटाङबाट पहिलो महिला मन्त्रीको इतिहास रचेकी उषाकला २०६४ सालमा पनि संविधानसभा सदस्य बनेकी थिईन् । एमालेको राष्ट्रिय अधिबेसनमा खोटाङका १४ जना प्रतिनिधि सहभागी हुँदैछन् ।