Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    राजनिति

    प्रदेश १ मा पनि सरकार सञ्चालनका लागि राजनीतिक संयन्त्र गठन

    प्रदेश १ मा पनि सरकार सञ्चालनका लागि राजनीतिक संयन्त्र गठन


    • मंगलवार, कार्तिक ३० २०७८

    • नेपाल वाइड


    प्रदेश १ मा पनि सरकार सञ्चालनका लागि राजनीतिक संयन्त्र गठन
    फायल तस्बिर

    विराटनगर । प्रदेश १ सरकार सञ्चालनमा सत्ता गठबन्धन दलबीच समन्वय गर्न राजनीतिक संयन्त्र गठन गरिएको छ । सरकारमा पाँच दल सहभागी छन् ।

    सरकार सञ्चालनमा समेत सहयोग गर्न र दलबीच समन्वयका लागि नेपाली कांग्रेस संसदीय दलका नेता राजिव कोइरालाको संयोजकत्वमा राजनीतिक संयन्त्र गठन भएको हो । यही संयन्त्रले नयाँ सरकारको न्यूनतम साझा कार्यक्रम पनि तय गर्ने बताइएको छ ।

    आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले संयन्त्रमा अन्य दलका सांसदहरूसमेत रहने बताए । “न्यूनतम साझा कार्यक्रम तयार गर्न कांग्रेसकै सांसद शेखरचन्द्र थापाले काम अघि बढाउनु हुनेछ,” उनले भने । कार्कीकाअनुसार संयन्त्रमा दलले सिफारिस गरेका विज्ञहरूलाई समेत समेटिने छ । विज्ञले साझा कार्यक्रम तय गर्न सुझाव दिनेछन् ।

    मुख्यमन्त्री राजेन्द्रकुमार राईले आज प्रदेशसभाबाट विश्वासको मत लिँदैछन् । त्यसलगत्तै संयन्त्रले साझा कार्यक्रमको खाका तयार गर्न सुरु गर्नेछ । यसलाई अन्तिम रूप दिएपछि सरकारले सार्वजनिक गर्नेछ । 

    कात्तिक १५ गते मुख्यमन्त्री राईले शपथ लिएका थिए । नेकपा एमाले विभाजन भई अल्पमतमा परेपछि भीम आचार्यले राजीनामा दिएपछि गठबन्धनका तर्फबाट सरकार सञ्चालनमा दाबी पेस गरिएको थियो ।

    प्रदेश १ मा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको गठबन्धनको सरकार बनेको छ । प्रदेश सभामा विश्वासको मत लिन ४७ मत चाहिन्छ । गठबन्धनसँग ५० सांसद छन् । गठबन्धनका सबै दलले आफ्ना सांसदलाई मुख्यमन्त्री राईको पक्षमा मत दिन ह्विप जारी गरेका छन् ।

    सम्बन्धित समाचार