Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    राजनिति

    पेट्रोलियम पदार्थको मूल्य बृद्धि फिर्ता लिन अनेरास्ववियुको माग

    पेट्रोलियम पदार्थको मूल्य बृद्धि फिर्ता लिन अनेरास्ववियुको माग


    • आइतवार, कार्तिक २८ २०७८

    • नेपाल वाइड


    खोटाङ । २८ कात्तिक, अनेरास्ववियु खोटाङले पेट्रोलियम पदार्थको मूल्य बृद्धि फिर्ताको माग गरेको छ । आइतबार जिल्ला प्रशासन कार्यालयमार्फत नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई ज्ञापन–पत्र पठाउँदै अनेरास्ववियुले पेट्रोलियम पदार्थको मूल्य वृद्धिले देशका अन्य तमाम क्षेत्रको मूल्यमा समेत प्रभाव पारेको भन्दै तत्काल मूल्या वृद्धि फिर्ता लिन माग गरेको हो ।

    परमादेशबाट बनेको गठबन्धन सरकारको निर्देशनमा नेपाल आयल निगमले १२ दिनकै अन्तरालमा पेट्रोल, डिजेल र मट्टितेलमा ३ रुपैयाँ, हवाई इन्धनमा ५ रुपैयाँ र एलपी ग्याँसमा ७५ रुपैयाँ भूल्या बृद्धि गरी गरीब एवं सर्वहारा नेपाली जनताको ढाड सेकाउने काम भएको अनेरास्ववियुको ज्ञापन–पत्रमा उल्लेख छ ।

    मूल्य समायोजनको बहानामा अन्तर्राष्ट्रिय बजारमा मूल्या बढ्दा पटक–पटक मूल्य बृद्धि गर्ने तर घट्दा मूल्या नघटाउने नेपाल आयल निगमको कदमप्रति अनेरास्ववियुले खेद प्रकट गरेको छ ।

    अनेरास्ववियु खोटाङका संयोजक खेमराज राईले बुझाएको ज्ञापन–पत्रमा शान्तिपूर्ण आग्रहलाई बेवास्ता गरिए अन्यापूर्ण मूल्य बुद्धिका बिरुद्ध जस्तो सुकै प्रतिकार गर्ने चेतावनी दिइएको छ ।

    सम्बन्धित समाचार