Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    दिक्तेल : सडकमा ड्रेन कभर नराख्दा नालीमा खस्ने डर

    दिक्तेल : सडकमा ड्रेन कभर नराख्दा नालीमा खस्ने डर


    • आइतवार, कार्तिक २८ २०७८

    • नेपाल वाइड


    दिक्तेल : सडकमा ड्रेन कभर नराख्दा नालीमा खस्ने डर
    दिक्तेलबजारको सडक ढलान गरेपछि खुल्ला छाडिएका ड्रेन होल । तस्बिर : नेपालवाइड डटकम

    खोटाङ । २७ कात्तिक, खोटाङको दिक्तेलबजारको सडक ढलानका क्रममा ड्रेन कभर (नालीको ढकनी) नराख्दा स्थानीय जोखिमपूर्ण यात्रा गर्न बाध्य बनेका छन् ।

    दिक्तेलको जलश्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय अगाडिदेखि पुरानो बेसक्याम्पबिचमा ढलान गरेको निर्माण कम्पनी सुर्य विकास जेभी लहानले ड्रेन कभर नहाली छाड्दा आवत–जावतका क्रममा नालीमा खस्ने त्रास बढेको हो ।

    no cover for drain hole photo_khotang1.jpg

    दिक्तेलबजारको सडक ढलान गरेपछि खुल्ला छाडिएका ड्रेन होल । तस्बिर : नेपालवाइड डटकम

    विशेषगरी सडक किनारामा घर भएका बालबच्चा तथा विद्यालयबाट ओहोर–दोहोर गर्ने विद्यार्थी नालीमा खस्ने त्रास बढेको स्थानीय व्यवसायी एवं जनता समाजवादीका नेता नैन कट्वालले बताए ।

    नालीको प्वाल ढाक्ने ढकनी नहुँदा बजारमा ओदोहोर–दोहोर गर्ने कतिपय गाडी र बाईक नालीमा फसिकेका छन् । ड्रेन होलमा फसेका गाडीलाई धकेलेर निकाल्ने गरिएको छ । मोबाईल चलाउँदै हिँड्ने विद्यार्थी पनि खाल्डोमा खस्ने खतरा रहेको कट्वालले बताए ।

    no cover for drain hole photo_khotang2.jpg

    दिक्तेलबजारको सडक ढलान गरेपछि खुल्ला छाडिएका ड्रेन होल । तस्बिर : नेपालवाइड डटकम

    जलश्रोत तथा सिँचाई विकास डिभिजन कार्यालयको गेट अगाडिदेखि नेपाल टेलीकमको कार्यालयसम्मको बजार सडक ढलान गर्ने ठेक्का लिएको सुर्य विकास जेभीले डिभिजन कार्यालय अगाडिदेखि बेस क्याम्पसम्मको खण्डमा २२ असोज राती ढलान सकेको थियो ।

    no cover for drain hole photo_khotang3.jpg
    दिक्तेलबजारको सडक ढलान गरेपछि खुल्ला छाडिएका ड्रेन होल । तस्बिर : नेपालवाइड डटकम

    रातारात ढलान गरेको निर्माण कम्पनीले सडकको विभिन्न ठाउँमा बनाइएका ड्रेनको प्वाल भने ढनकी नराखी छाडेको हो । नाली जाम भएकोबेला सरसफाईका लागि बनाइएको प्वाल नछोपिँदा सडकमै धराप बनेको स्थानीयको गुनासो छ । निर्माण कम्पनीको कतिसम्म लापरवाह देखियो भने सो सडक खण्डमा गरिएको ढलान नसुक्दै बाईक गुढाइएको थियो ।

    सडक ढलानमै लापरवाही

    दिक्तेलबजारको जलश्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय अगाडिकै सडक ढलानका क्रममा निर्माण कम्पनीले स्टीमेट विपरित रड राखेर ढलान गरेको पाइएको थियो ।

    बजारको सडक ढलानकालागि सडकको चौडाईमा (सडकको दुई किनारा जोड्ने) १२ एमएमको रड १०/१० सेन्टिमिटरको दुरीमा बाँध्नुपर्ने स्टीमेट छ ।

    यस्तै, लम्बाईतेर्सो १० एमएमको रड १५/१५ सेन्टिमिटरको दुरीमा बाँध्नुपर्ने स्टीमेटमा उल्लेख छ । तर, निर्माण कम्पनीले मनपर्दो तरिकाले रड बाँधेर त्यसैमाथि ढलान गरिरहेको पाइएको थियो । १०/१० सेन्टिमिटरको दुरीमा बाँध्नुपर्ने रडलाई १८/२० सेन्टिमिटर र १५ सेन्टिमिटरको दुरीमा कस्नुपर्ने रडलाई २५/३० सेन्टिमिटरको दुरीमा कसेर ढलान गरिएको स्थानीय एवं तरुण दलका जिल्ला उपाध्यक्ष सञ्जयकुमार राईले बताए ।

    अर्कातर्फ बजार सडक ढलानका क्रममा गिटीमाथि रडको जाली उचालेर ढलान गर्नुपर्नेमा रडको जाली नउचाली ढलान गरिएको छ । यस्तै, ढलानका क्रममा ठूलो आकारको गिटी प्रयोग गरेको स्थानीय बताउँछन् ।

    सम्बन्धित समाचार