Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    राजनिति

    खोटाङबाट एमालेको महाधिबेसन प्रतिनिधि छनौट

    खोटाङबाट एमालेको महाधिबेसन प्रतिनिधि छनौट


    • शनिवार, कार्तिक २७ २०७८

    • नेपाल वाइड


    खोटाङबाट एमालेको महाधिबेसन प्रतिनिधि छनौट
    एमाले महाधिबेसन लोगो

    खोटाङ । २७ कात्तिक, खोटाङबाट नेकपा (एमाले)को १० औं महाधिबेसनमा सहभागी हुने प्रतिनिधि छनौट भएका छन् । बिहिबार यता नेकपा (एमाले) जिल्ला कमिटिको पटक–पटक बैठक बस्दै आएकामा शनिबारको महाधिबेसन प्रतिनिधि छनौट कार्यदलको बैठकले महाधिबेसनमा सहभागी हुने १४ प्रतिनिधिको सर्वसहमतीमा टुंगो लगाएको जनाएको छ ।

    आगामी १० मंसिरदेखि १२ मंसिरसम्म चितवनमा हुने राष्ट्रिय महाधिबेसनका लागि हरिकुमार पोखरेल, पाँचकर्ण (पिके) राई, उषाकला राई, रामप्रसाद दंगाल, इन्द्रप्रसाद दंगाल, खडेन्द्र राई, देवबिक्रम राई, कुमारप्रसाद आचार्य, दिपनारायण रिजाल, चर्चबहादुर बिश्वकर्मा, चक्रबहादुर (दिलचक्र) राई, बिणादेबी राई, गोमा मगर र पुष्पकला भुजेल प्रतिनिधि चयन भएका छन् ।

    यस्तै, केन्द्रिय कमिटिबाट मनोनित हुनेगरी सुरेन्द्रकुमार राई र दिलकुमारी राईको नाम सिफारिस गरिएको महाधिबेसन प्रतिनिधि छनौट कार्यदलका संयोजक एवं एमालेका केन्द्रिय सदस्य बिशाल भट्टराईले जारी गरेको विज्ञाप्तीमा उल्लेख छ ।

    सिफारिस गरिएकामध्ये केन्द्रिय कमिटिबाट कम्तीमा एक जना प्रतिनिधि छनौट हुने नेकपा (एमाले) खोटाङका अध्यक्ष रामप्रसाद दंगालले बताए ।

    केन्द्रिय कमिटिमा रहेका कारण प्रतिनिधिसभा सदस्य भट्टराई, खगेन्द्र राई र केन्द्रिय अनुशासन आयोगका सदस्य कर्णबहादुर घले स्वतः महाधिबेसन प्रतिनिधि हुने छन् ।

    यस्तै, नेपाल खेदकुद महासंघकातर्फबाट महासंघकै अध्यक्ष रमेशकुमार पौडेल महाधिबेसन प्रतिनिधि चयन भएको एमालेले जनाएको छ । बिहिबार बसेको जिल्ला कमिटिको बैठकले सचिवालय कमिटिलाई प्रतिनिधि छनौटको जिम्मा दिएको थियो ।

    यस्तै, शुक्रबार बसेको सचिवालयको बैठकले महाधिबेसन प्रतिनिधि छनौट कार्यदल बनाएर सोही कार्यदललाई प्रतिनिधि छनौट गर्ने जिम्मेवारी दिएको थियो । पुष्पलाल स्मृति भवन दिक्तेलमा बसेको कार्यदलको बैठकले मात्र महाधिबेसन प्रतिनिधिको नाम टुंग्याएको हो ।

    सम्बन्धित समाचार