Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    राजनिति

    पुर्वसांसद फुयाँल सहित चार नेता नेकपा (एस) प्रवेश, जिल्ला कमिटि पनि एकीकरण

    पुर्वसांसद फुयाँल सहित चार नेता नेकपा (एस) प्रवेश, जिल्ला कमिटि पनि एकीकरण

    नेकपा (माले)को तीन जिल्ला कमिटि नेकपा (एस)मा समाहित

    • शुक्रवार, कार्तिक २६ २०७८

    • नेपाल वाइड


    पुर्वसांसद फुयाँल सहित चार नेता नेकपा (एस) प्रवेश, जिल्ला कमिटि पनि एकीकरण
    पुर्वसांसद कुलप्रसाद फुयाँल ।

    खोटाङ । २६ कात्तिक, खोटाङका पुराना वामपन्थी नेता पुर्वसांसद कुलप्रसाद फुयाँल नेकपा (एकीकृत समाजवादी) प्रवेश गरेका छन् । नेकपा (माले)का पोलिटव्यूरो सदस्य एवं प्रदेश कमिटि सचिव रहेका फुयाँलले बिहिबार प्रेस विज्ञाप्तीमार्फत नेकपा (एकीकृत समाजवादी) प्रवेश गरेको जानकारी दिएका छन् ।

    २४ कात्तिकमा नेकपा (माले)को सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएका फुयाँल केन्द्रिय सदस्यको जिम्मेवारीमा रहनेगरी नेकपा (एकीकृत समाजवादी) प्रवेश गरेका हुन् ।

    फुयाँलसँगै नेकपा (माले)का केन्द्रिय सदस्य श्यामराज राई, कारीप्रसाद यादव र शंकर पोखरेल पनि नेकपा (एकीकृत समाजवादी) प्रवेश गरेका छन् ।

    पोखरेललाई केन्द्रिय सदस्य, राईलाई केन्द्रिय परिषद सदस्य एवं प्रदेश कमिटि सचिवालय सदस्य र यादवलाई प्रदेश कमिटि सदस्यको जिम्मेवारी दिइएको नेकपा (एकीकृत समाजवादी) खोटाङका ईन्चार्ज बबी चाम्लिङले बताए ।

    नेकपा मालेको मूल नेतृत्वमा आएको वैचारिक, कार्यनीतिक अस्थिरता, २०६२/०६३ को आन्दोलनको उपलव्धीलाई टेकेर अगाडि बढ्नुपर्ने वर्तमान अवस्थामा नेतृत्वमा अन्यौलता देखिएका कारण पार्टीबाट अलग बन्नुपरेको विज्ञाप्तीमा उल्लेख छ ।

    नेपालको संविधानमा भएका उपलव्धीलाई रक्षा गर्दै थप उपलव्धी र अग्रगमनको सघर्षलाई अगाडि बढाउनुपर्ने वर्तमान समयमा उपलव्धी विरुद्ध जाने शक्तिसँगको साँठगाँठमा लाग्ने गलत नीति अख्तियारी गरेको, केपी ओली सरकारबाट भएको असंवैधानिक प्रतिनिधिसभाको विघटन जस्तो प्रतिगमनकारी कार्यलाई गरेको परोक्ष समर्थन जस्ता कार्यले नेतृत्व गलत बाटोमा अग्रसर भएको पूष्टि भएका कारण उक्त पार्टीमा बसिरहन उपयुक्त नभएको फुयाँलले बताए ।

    वर्तमान अवस्थामा कम्यूनिष्ट आन्दोलनलाई सशक्त रुपमा अघि बढाउने, प्रतिगमनका विरुद्ध संगठित रुपमा अघि बढ्ने विचार र कार्यनीतिलाई नेकपा (एकीकृत समाजवादी) पार्टीले नेतृत्व दिन सक्ने विज्ञाप्तीमा उल्लेख छ ।

    नेकपा (माले)को तीन जिल्ला कमिटि नेकपा (एस)मा समाहित

    यसैबीच, नेकपा (माले)को खोटाङ, तनहुँ र स्याङजा जिल्ला कमिटि नेकपा (एकीकृत समाजवादी)मा समाहित भएको छ । नेकपा (एकीकृत समाजवादी)ले वर्तमानमा कम्यूनिष्ट आन्दोलनलाई सही रुपमा अगाडि बढाउन सक्ने भन्दै नेकपा (माले)को तीन जिल्ला कमिटि समाहित गरिएको हो ।

    पार्टी एकीकरणका लागि २३ कात्तिकमा जिल्लामा वार्ता टुंग्याएपछि पुर्वसांसद फुयाँलसहित चार नेताको राजीना सँगै जिल्ला कमिटि एकीकरणको घोषणा गरिएको हो ।

    जिल्लामा मालेको २५ सदस्यीय जिल्ला कमिटि र नेकपा (एकीकृत समाजवादी)को जिल्ला कमिटिको औपचारिक एकीकरण घोषणा केही समयपछि हुने जिल्ला इन्चार्ज चाम्लिङले बताए । जिल्लामा मालेका एक जनालाई पदाधिकारी दिने सहमती भएको जनाइएको छ ।

    सम्बन्धित समाचार