Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    महिला कृषि सहकारी संस्थाको भवन निर्माणका लागि टोल–टोलमा देउसी

    महिला कृषि सहकारी संस्थाको भवन निर्माणका लागि टोल–टोलमा देउसी


    • आइतवार, कार्तिक २१ २०७८

    • नेपाल वाइड


    महिला कृषि सहकारी संस्थाको भवन निर्माणका लागि टोल–टोलमा देउसी
    च्यास्मीटारमा सहकारी संस्थाको भवन निर्माणका लागि टोल–टोलमा देउसी खेलिदै ।

    खोटाङ । २१ कात्तिक, खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारमा महिला कृषि सहकारी संस्थाको भवन निर्माणका लागि टोल–टोलमा देउसी खेल्न सुरु गरिएको छ ।

    स्थानीय च्यास्मीटार महिला कृषि सहकारी संस्थाको भवन निर्माणका लागि साविकको वडा–वडामा देउसी खेल्न सुरु गरिएको हो । नगरपालिकाको ‘एक वडा एक महिला कृषि सहकारी’ स्थापना गर्ने अभियान अन्तरगत स्थापना गरिएको महिला सहकारीको भवन निर्माणका लागि आर्थिक अभाव भएपछि टोल–टोलमा देउसी खेल्न सुरु गरिएको च्यास्मीटार महिला कृषि सहकारी संस्थाका अध्यक्ष अमृता राईले बताउनुभयो ।

    आइतबार दाल्फुबाट सुरु भएको देउसी अभियान बाङमा, हुन्डाखा, सार्पा, पिपलटार, पिपचाही, साविकको च्यास्मीटार–९, ८ र ५ मा पुगेर २३ कात्तिकमा समापन गर्ने समुहले जनाएको छ । वडा कार्यालयमार्फत प्राप्त भएको तीन लाखबाट महिला कृषि सहकारी संस्थाको तीन कोठा भएको एक तले भवन निर्माणको काम सुरु गरिएको थियो ।

    भवन निर्माणका लागि नगरपालिकाले ८ लाख उपलव्ध गराउने समुहका अध्यक्ष राईले बताईन् । निर्माणाधिन भवनको काम पूरा गर्नका लागि आर्थिक अभाव भएकाले देउसी खेलेर रकम जुटाउन अघि सर्नु परेको समुहले जनाएको छ ।

    कृषि सहकारीमार्फत महिलालाई आर्थिकरुपमा आत्मनिर्भर बनाउने लक्ष्यका साथ नगरपालिकाको निती अनुशार आर्थिक वर्ष २०७६÷०७७ देखि हरेक वडामा महिला कृषि सहकारी स्थापनाको काम अघि बढाइएको थियो ।

    कृषि सहकारीको माध्यमबाट महिलालाई आर्थिकरुपमा आत्मनिर्भर बनाउने तथा ऋणका लागि चर्को व्याज असुल गर्ने विभिन्न वित्तीय संस्थालाई गुहार्नु पर्ने वाध्यताबाट महिलालाई मुक्ती दिलाउने लक्ष्य राखिएको हलेसी तुवाचुङ नगरपालिकाकी उपमेयर बिमला राईले बताउनुभयो ।

     

    सम्बन्धित समाचार