Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images
    बैदेसिक रोजगार

    विद्यालयमा बैदेसिक रोजगार सम्वन्धी सचेतनामुलक अभिमुखीकरण

    विद्यालयमा बैदेसिक रोजगार सम्वन्धी सचेतनामुलक अभिमुखीकरण


    • सोमवार, कार्तिक १५ २०७८

    • नेपाल वाइड


    विद्यालयमा बैदेसिक रोजगार सम्वन्धी सचेतनामुलक अभिमुखीकरण
    वैदेसिक रोजगार सम्वन्धी अभिमुखीकरण कार्यक्रममा सहभागी विद्यार्थी । तस्बिर : प्रमोद श्रेष्ठको फेसबुक

    खोटाङ । कात्तिक १५, बैदेसिक रोजगार सम्वन्धी सचेतना अभिबृद्धिका लागि खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेस्थित सितला माबिमा ‘शिक्षक, विद्यार्थी र अभिभावक अभिमुखीकरण’ कार्यक्रम गरिएको छ ।

    बैदेसिक रोजगारीलाई सुरक्षित र उपलव्धीमुलक बनाउनमा सहयोग पुर्‍याउने लक्ष्यका साथ बैदेसिक रोजगार सरोकार समाजले सोमबार विद्यालयमा शिक्षक, विद्यार्थी र अभिभावकलाई सहभागी गराएर सचेतनामुलक कार्यक्रम गरेको हो ।

    सहभागी शिक्षक, विद्यार्थी र अभिभावकलाई वैदेसिक रोजगारीलाई उपलव्धमुलक, भरपर्दो र सुरक्षित बनाउने उपायका बारेमा जानकारी दिइएको सुरक्षित आप्रवासन परियोजना (सामी)का कार्यक्रम संयोजक सन्तोष राईले बताए ।

    आवश्यक सीप सिकेर मात्र विदेश जान, वैदेसिक रोजगारीमा जानेक्रममा उपयोग भएका कागजातको प्रतिलिपी घरमा राख्न, एजेण्ट वा मेनपावर कम्पनीलाई बुझाएको रकमको भर्पाई लिन नभुल्न, ठगीबाट बच्ने उपायदेखि वैदेसिक रोजगारीका कारण निम्तिन सक्ने मनोसामाजिक समस्याका बारेमा गाउँघरमा सचेतना फैलाउनका लागि सहभागीलाई आग्रह गरिएको समाजले जनाएको छ ।

    बैदेसिक रोजगार सरोकार समाजको वार्षिक कार्ययोजना अनुसार सितलामा माविमा बैदेसिक रोजगार सम्वन्धी सचेतनामुलक कार्यक्रम गरिएको हो ।

    वार्षिक कार्ययोजना अनुसार खाल्लेमै ‘इस्यू’मा आधारित कार्यक्रम, २ मंसिरमा दिक्तेलमा शिक्षक, कर्मचारी र सामाजिक व्यक्तिसँग अन्तरक्रीया, ३ पुसमा दिक्तेलमा सडक साहित्य कार्यक्रम लगायतका सचेतनामुलक अभियान सञ्चालन गरिने बैदेसिक रोजगार सरोकार समाजका अध्यक्ष रेखा राईले बताईन् ।

    समाजले वैदेसिक रोजगारलाई सुरक्षित र उपलव्धीमुलक बनाउनदेखि वैदेसिक रोजगारीका क्रममा समस्यामा परेका नागरिकलाई सहयोग गर्दैआएको छ ।

    सम्बन्धित समाचार