Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    सेनामा जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

    सेनामा जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ


    • शनिवार, कार्तिक १३ २०७८

    • नेपाल वाइड


    सेनामा जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ
    प्रतिकात्मक तस्बिर

    फुङ्लिङ । नेपाली सेनाको जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने एक युवक पक्राउ परेका छन् । पक्राउपर्नेमा ताप्लेजुङको मैवाखोला गाउँपालिका–५ का २४ वर्षीय सुवास फावेन लिम्बू रहेको प्रहरीले जनाएको छ ।

    लिम्बूले नेपाली सेनामा जागिर लगाइदिने प्रलोभनमा मिक्वाखोला गाउँपालिका–४ साँवाका पेम्बा शेर्पासँग रु २० हजार लिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख प्रहरी नायब उपरीक्षक बालनरसिंह राणाले जानकारी दिए ।

    पक्राउ पर्ने लिम्बूलाई ताप्लेजुङ जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरीले कार्यालयले जनाएको छ । रासस

    सम्बन्धित समाचार