Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images
    कृषि

    बेमौसमी वर्षाले अन्नवालीमा पुगेको क्षतीको विवरण संकलन गर्दै स्थानीय सरकार

    बेमौसमी वर्षाले अन्नवालीमा पुगेको क्षतीको विवरण संकलन गर्दै स्थानीय सरकार


    • शुक्रवार, कार्तिक १२ २०७८

    • नेपाल वाइड


    बेमौसमी वर्षाले अन्नवालीमा पुगेको क्षतीको विवरण संकलन गर्दै स्थानीय सरकार
    वर्षाका कारण ढलेको धान देखाउँदै बाम्राङका किसान ।

    खोटाङ । कात्तिक ११, खोटाङको रावाबेँसी गाउँपालिकाले बेमौसमी वर्षाका कारण अन्नवालीमा पुगेको क्षतीको विवरण संकलनको तयारी थालेको छ ।

    गत ३१ असोज यता परेको बेमौसमी वर्षाका कारण धान, कोदो, फापर, तरकारी, फलफुल लगायतका कृषि वालीमा पुगेको क्षतिको विवरण संकलनको तयारी गरेको हो ।

    गाउँपालिकाले अविरल वर्षाका कारण प्रभावित किसानलाई आगामी १५ कात्तिक भित्रमा आ–आफ्नो समुह वा व्यक्तिगत रुपमा क्षतीको विवरण सम्वन्धित वडा कार्यालयमा उपलव्ध गराउन आग्रह गरेको जनाएको छ ।

    कृषक समुहमार्फत क्षतीको विवरण उपलव्ध गराउन समुहको निर्णय र समुहको छाप सहितको निवेदन तथा व्यक्तिगत रुपमा क्षतीको विवरण उपलव्ध गराउने किसानले निवेदनका साथमा नागरिकताको प्रमाणपत्रको प्रतिलिपी समावेश गर्नुपर्ने गाउँपालिका अध्यक्ष लिलानाथ निरौलाले बताए ।

    क्षतीको मात्राको आधारमा किसानलाई बीउ उपलव्ध गराउने तयारी भइरहेको गाउँपालिकाले जनाएको छ । ‘हामीले कृषि प्राविधिकमार्फत पनि अन्न वालीमा पुगेको क्षतीको विवरण संकलन गरिरहेका छौँ ।

    किसानलाई पनि निवेदन दिन भनेका छौँ,’ अध्यक्ष निरौलाले भने, ‘राहतका नाममा चामल दिएर हुन्न । बढि क्षती बेहोरेका किसानलाई बीउ खरिद गरेर उपलव्ध गराउने सल्लाह गर्दैछौँ । बीउ दिइयो भने पुःन अन्न उव्जाउ हुन्छ ।’

    सम्बन्धित समाचार