Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    गायक खबिराज राईलाई मातृशोक

    गायक खबिराज राईलाई मातृशोक


    • सोमवार, कार्तिक ८ २०७८

    • नेपाल वाइड


    गायक खबिराज राईलाई मातृशोक
    स्वर्गीय कुलहिरा राई ।

    खोटाङ । कात्तिक ८, खोटाङका गायक खबिराज राईलाई मातृशोक परेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मी स्थायी ठेगाना भएका गायक राईकी आमा कुलहिरा राईको ८४ वर्षको उमेरमा निधन भएको हो ।

    भोजपुरको दिल्पा कात्तिकेमा बुवा पर्जबहादुर र आमा महालक्ष्मी राईको कोखबाट ११ जेठ १९९४ मा जन्मिएका कुलहिराको काठमाण्डौंको ग्राण्टसिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको आफन्तले बताएका छन् ।

    हाल काठमाण्डौं टोखामा छोरा खविराजसँगै बस्दै आएकी कुलहिरालाई धान काटिरहेको अवस्थामा स्वास्थ्यामा समस्या देखिएपछि अस्पताल लगिएको थियो । गायक राईका बुवा जगतबहादुर राईको यसअघि नै मृत्यु भइसकेको छ ।

    ‘दालको तिहुन मासको मस्यौरा’, ‘शीरको फूल लाको मायाँ कैले नभुल’, ‘मेरी आमा मिर्मिरेमा पानी भर्न जाँदा गाग्रो फुट्यो पँधेरीमा’ लगायत खबिराजका सर्वाधिक रुचाइएका लोक, दोहोरी तथा आधुनिक गीत हुन् । उनका यी गीत गाउँघरमा मेलापात, चाडवाडका बेला गुनगुनाउने गरिन्छ ।

    सम्बन्धित समाचार