Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images
    यातायात

    सवारी लाइसेन्सको नयाँ आवेदन खुल्दै

    सवारी लाइसेन्सको नयाँ आवेदन खुल्दै


    • आइतवार, कार्तिक ७ २०७८

    • नेपाल वाइड


    सवारी लाइसेन्सको नयाँ आवेदन खुल्दै
    फायल तस्बिर

    काठमाडौं । यातायात व्यवस्था विभागले ६ महिनापछि सवारी चालक अनुमति पत्र (लाइसेन्स) को नयाँ आवेदन खुलाउने भएको छ । विभागले यही साताको अन्तिमबाट सवारी लाइसेन्सको नयाँ आवदेन खुलाउने तयारी गरेको छ । 

    यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले आउँदो शुक्रबारदेखि नयाँ आवेदन खुलाउने तयारी भएको जानकारी दिए । ‘‘शुक्रबारसम्म नयाँ आवेदन खुलाउने तयारी छ । कोटा सिस्टम लागु गरेर नयाँ आवेदन खुलाउँछौँ,” उनले भने । 

    यस्तै, विभागका प्रवक्ता डा. लोकनाथ भुसालले दैनिक कति आवेदकले आवेदन दिन पाउने भनी कोटा सिस्टम लागु गरेर आवेदन खुलाइने जानकारी दिए । नयाँ आवेदन खुलाएर तत्काल नयाँ आवेदकको परीक्षा भने नहुने उनले बताए । 

    ‘‘नयाँ आवेदन खुलाए लगत्तै परीक्षा हुनेछैन । उनीहरूले ट्रायल परीक्षा दिन मंसिर पुससम्म पर्खिनु पर्नेछ । पहिलेदेखि नै ६ लाख पुराना आवेदकको परीक्षा आधाआधि पनि भएको छैन,” प्रवक्ता भुसालले भने । विभागकाअनुसार देशभरबाट एक दिनमा पाँच हजार जनाले आवेदन दिन पाउनेछन् । देशभरका २१ ओटा यातायात कार्यालयहरूबाट दैनिक पाँच हजार जनाले आवेदन भर्न पाउनेछन् । 

    विभागले अझै चार लाख पुराना आवेदकको परीक्षा बाँकी रहेको जनाएको छ । प्रवक्ता भुसाल भन्छन्, ‘‘हाम्रो सिस्टममा चार लाख आवेदकले परीक्षा दिन बाँकी  देखिएको छ । पुराना आवेदकको परीक्षाको टुंगो नलगाइ तत्काल नयाँ आवेदकको परीक्षा गर्ने कुरा भएन,” उनले भने । 

    नेपालमा दोस्रो चरणको कोरोना महामारीका कारण वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी भएको थियो । उक्त समयदेखि लाइसेन्सको नयाँ आवदेन रोकिएको थियो ।

    विभागले खरिद गरेका सवारी अनुमति पत्र (लाइसेन्स) छाप्ने स्मार्ट कार्ड आउन अझै दुई महिना लाग्ने जनाएको छ । विभागले करिब ६ महिनादेखि नै स्मार्ट कार्डको अभावले स्मार्ट लाइसेन्स छपाइ बन्द गरेको छ । एक वर्षका लागि परीक्षणकालीन लाइसेन्स वितरण पनि सँगै थालिएको छ । 

    विभागले हाल विदेश जाने नागरिक र अन्य अत्यावश्यक परेका नागरिकहरूका लागि मात्रै लाइसेन्स छापिरहेको छ । विभागले खरिद गरेका स्मार्ट लाइसेन्स आउन अझै दुई महिनाजति लाग्ने भएकाले तत्काल लाइसेन्स छपाइ सुरु गर्न सकिनेछैन । विभागले एक फ्रान्सेली कम्पनीसँग १४ लाख स्मार्ट कार्ड उपलब्ध गराउनेगरी सम्झौता गरेको थियो ।

    सरकारले उपत्यकाभित्र सवारी लाइसेन्सको ट्रायल सेन्टर थप्ने तयारी गरेको पनि विभागले जनाएको छ । महानिर्देशक घिमिरेकाअनुसार रोकिएका परीक्षा सञ्चालन गर्न र नयाँ आवेदनको परीक्षा सञ्चालन गर्न ट्रायल सेन्टर थप्ने तयारी भएको हो । ‘

    सम्बन्धित समाचार