Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    क्षेत्रीडाँडो फेसबुक ग्रुपमार्फत बालबालिका आश्रमलाई सहयोग

    क्षेत्रीडाँडो फेसबुक ग्रुपमार्फत बालबालिका आश्रमलाई सहयोग


    • शनिवार, कार्तिक ६ २०७८

    • नेपाल वाइड


    क्षेत्रीडाँडो फेसबुक ग्रुपमार्फत बालबालिका आश्रमलाई सहयोग
    निसहाय बालबालिका सेवा आश्रमलाई सहयोग हस्तान्तरण गर्दै ‘क्षेत्रीडाँडो फेसबुक ग्रुप’का परिवार ।

    खोटाङ । कात्तिक ६, खोटाङका युवाले सञ्चालन गरेको ‘क्षेत्रीडाँडो फेसबुक ग्रुप’ले बालबालिका सेवा आश्रमलाई सहयोग गरेको छ । जन्तेढुंगा गाउँपालिका–५ चिसापानी घर भइ हाल इटहरी बस्दै आएका युवा उमेश कोइरालाले सञ्चालनमा ल्याएको फेसबुक ग्रुपमार्फत इटहरी उपमहानगरपालिका–४ स्थित निसहाय बालबालिका सेवा आश्रमलाई सहयोग गरिएको हो ।

    ग्रुपमार्फत आश्रममा रहेका ४१ जना बालबालिकालाई लक्षित गरेर एक हजार लिटर क्षमताको एउटा खानेपानी ट्यांकी, एक कार्टुन खाने तेल, दुई कार्टुन चाउचाउ, दुई कार्टुन फ्रुटी, १५ केजी दाल, छ केजी चना मटर र किशोरीका लागि ५० प्याकेट सेनेटरी प्याड वितरण प्रदान गरिएको छ । आश्रमको आवश्यकताका आधारमा आश्रमकी सञ्चालिका माता सुश्री गीता गौतमलाई सो सामग्री जुटाएर हस्तान्तरण गरिएको ग्रुपले जनाएको छ ।

    सामाजिक सेवाका कामका लागि सञ्चालनमा ल्याइएको फेसबुक ग्रुपका सदस्यबाट सहयोग उठाएर दशैं तथा तिहारको अवशरमा केक काटेर आश्रमका बालबालिकासँग खुसी साट्दै सामग्री हस्तान्तरण गरिएको कोईरालाले बताए ।

    सामग्री हस्तान्तरण कार्यक्रममा ग्रुपका सदस्य जनक कार्की, शंकरबाबु पौडेल, सुदिप भण्डारी, रामबाबु न्यौपाने, नविना दाहाल, स्वेच्छा भण्डारी, सञ्जु भुजेल, सम्झौता दाहाल, जानकी खड्का, बद्री खड्का लगायतको उपस्थिति थियो ।

    स्वदेश तथा विदेशमा छरिएर रहेका नेपालीलाई फेसबुक ग्रुपका माध्यमबाट जोडेर सामाजिक सेवाका काम गर्न उत्प्रेरित गर्ने उद्धेश्यले ६ माघ २०७७ मा ‘क्षेत्रीडाँडो फेसबुक ग्रुप’ सुरु गरिएको हो ।

    कोईराला एडमिन रहेको सो ग्रुपमा हालसम्म २६ हजार सदस्य ‘ज्वइन’ भइसकेका छन् । सोही ग्रुपका माध्यमबाट चिसापानीकै एक जना मुटु रोगी बालिकालाई आर्थिक सहयोग गरिसकिएको कोईरालाले बताए ।

    सम्बन्धित समाचार