मंगलवार, कार्तिक २ २०७८
नेपाल वाइड
खोटाङ । कात्तिक २, सिजरको समस्याबाट सिकिस्त बनेका वालकलाई आर्थिक सहयोग जुटेको छ । जन्मेको केही महिनापछि नै सिजरको समस्याबाट सिकिस्त बिरामी परेका हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेका संयोग राईको उपचारका लागि १० हजार आर्थिक सहयोग जुटेको हो ।
हाल उपचारका लागि नेपाल मेडिकल कलेज काठ्माण्डौं जोरपाटीमा राखिएका बालकको उपचारका लागि खोटाङ सेवा समाज काठ्माण्डौंका अध्यक्ष राकेश राईको पहलमा सहयोग जुटेको हो ।
खोटाङ सेवा समाज काठ्माण्डौंका अध्यक्ष राई र समाजसेवी दिर्घ राईले अस्पतालमै पुगेर पाँच/पाँच हजार रकम संयोगका बुवा शैलेस र आमा ख्यामला राईलाई हस्तान्तरण गरेका छन् ।
गम्भीर बिरामी परेका संयोगलाई असोज १३ गते अस्पताल भर्ना गरिएको थियो । भर्ना लगत्तै १३ दिन भेन्टिलेटरमा र त्यसपघि आइसियूमा सारिएका बालकलाई मंगलबार सामान्य बेडमा सार्ने तयारी गरिएको छ ।
बालकको उपचारका क्रममा तीन लाखको हाराहारीमा खर्च भइसकेको छ । सिजरबाट बिरामी परेका वालकको उपचारकाक्रममा आर्थिक समस्या भएको जानकारी भएपछि सहयोग गरिएको खोटाङ सेवा समाज काठ्माण्डौंका अध्यक्ष राईले बताए ।