Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    स्याङ्जामा जीप दुर्घटना : तीन जनाको मृत्यु, १४ घाइते

    स्याङ्जामा जीप दुर्घटना : तीन जनाको मृत्यु, १४ घाइते


    • सोमवार, आश्विन २५ २०७८

    • नेपाल वाइड


    स्याङ्जामा जीप दुर्घटना : तीन जनाको मृत्यु, १४ घाइते
    प्रतिकात्मक तस्बिर

    काठमाडौं । असोज २५, स्याङ्जामा जीप दुर्घटनामा एउटै गाउँका दुईसहित तीन जनाको मृत्यु भएको छ । आइतबार साँझ वालिङ–१० मदिखोला नजिकै वालिङबाट गल्याङ–१० लाखुडाँडातर्फ जाँदै गरेको ग१ज ४९१८ नम्बरको जीप कच्ची उकालो बाटोमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

    दुर्घटनामा गल्याङ नगरपालिका–१० लिहुडाँडाका ७७ वर्षीय दलबहादुर पल्ली र ३२ वर्षीया गङ्गा पल्ली तथा सोही वडाको गाउँसौराकी चार वर्षीया करिष्माको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    गाउँकै तीन जनाको मृत्यु भएपछि गाउँ नै शोकमा डुबेको छ । जीपमा सवार १९ जनामध्ये दुई जनाको वालिङस्थित गह्रौँ प्राथमिक अस्पतालमा उपचारका क्रममा र एक जनाको पोखरास्थित मणिपाल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।

    जिप कच्ची सडकबाट झण्डै ५० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाको छ । दुर्घटनामा पर्नेहरू दशैँको बेला किनमेल गरी बजारबाट गाउँतर्फ फर्किदै गरेका थिए ।

    प्रहरीका अनुसार चालकसहित अन्य दुई जना सामान्य उपचारपछि घर फर्किएका छन् भने १४ जनाको पोखरास्थित मणिपाल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित समाचार