Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    दुवै मिर्गौला फेल भएका टेकबहादुरलाई प्रवासबाट सहयोग

    दुवै मिर्गौला फेल भएका टेकबहादुरलाई प्रवासबाट सहयोग


    • शनिवार, आश्विन २३ २०७८

    • नेपाल वाइड


    दुवै मिर्गौला फेल भएका टेकबहादुरलाई प्रवासबाट सहयोग
    दुबै मिर्गौला फेल भएका टेकबहादुर मगरलाई सहयोग रकम हस्तान्तरण गर्दै अभियान्ता शेखरनाथ घिमिरे । तस्बिर सौजन्य : शेखरनाथ घिमिरे

    खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–४ बडहरे तल्लो खोक्सेलीका दुवै मिर्गौला फेल भएका टेकबहादुर मगरलाई प्रवासमा रहेका शुभेच्छुकबाट आर्थिक सहयोग प्राप्त भएको छ ।

    दुबै मिर्गौला फेल भएपछि शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरमा उपचार गराइरहेका मगरलाई खोटाङ सेवा समाज यूएईमार्फत एक लाख एक हजार आर्थिक सहयोग प्राप्त भएको हो ।

    यूएईमा सञ्चालन गरिएको ‘टेकबहादुर मगर बचाऔं अभियान’ अन्तरगत दुबई क्षेत्रबाट रोशन मगर, प्रकाश मगर, शेखरनाथ घिमिरे, नविन थुलुङ, भगवति चाम्लिङ राई तथा अवुधावी क्षेत्रबाट सन्देस भुजेल, तेजबहादुर राई, हिराधन राई लगायतका अभियान्ताको पहलमा मिर्गौलाको रोगबाट पिडित मगरको सहयोगार्थ रकम संकलन गरिएको हो ।

    प्रवासमा रहेका शुभेच्छुक अभियान्ताको पहलमा संकलन भएको सहयोग रकम बुधबार अभियान्ता शेखरनाथ घिमिरेले गोर्खापत्र संस्थानको प्रधान कार्यालय अगाडि रहेको भूगोलपार्कमा पुगेर मिर्गौलाको समस्याबाट पिडित मगरलाई हस्तान्तरण गरेका छन् । खोटाङका विभिन्न स्थान घर भइ हाल यूएईमा रहेका अभियान्ता खोटाङ सेवा समाज यूएईमा आवद्ध छन् ।

    दुबै मिर्गौला फेल भएपछि आर्थिक रुपमा विचल्नीमा परेका मगर परिवारको आग्रहमा प्रवासमा सहयोग संकलन अभियान सञ्चालन गरिएको अभियान्ता घिमिरेले बताए । दुबै मिर्गौला फेल भएका मगरको आमा, श्रीमती र तीन बालबच्चा छन् ।

    आर्थिक रुपमा कमजोर भएका कारण मिर्गौलाको उपचारका लागि आर्थिक सहयोग जुटाइएको खोटाङ सेवा समाज यूएईले जनाएको छ ।

    सम्बन्धित समाचार