सोमवार, आश्विन १८ २०७८
नेपाल वाइड
खोटाङ । असोज १८, घरको बरण्डाबाट लडेर घाईते भएकी खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङकी ६० वर्षीय कमला राईको मृत्यु भएको छ ।
आइतबार राती ८ बजे आफ्नै घरको बरण्डाबाट लडेर गम्भीर घाईते भएकी राईको जिल्ला अस्पताल दिक्तेलमा उपचारकोक्रममा राती ९.२० बजे मृत्यु भएको प्रहरीले जनाएको छ । घट्नाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरिक्षक सागर शाहले बताए ।