Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    डीभी भिषाका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको आरोपमा तीन जना पक्राउ

    डीभी भिषाका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको आरोपमा तीन जना पक्राउ


    • बिहिवार, आश्विन १४ २०७८

    • नेपाल वाइड


    डीभी भिषाका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको आरोपमा तीन जना पक्राउ
    प्रतिकात्मक तस्बिर

    काठमाडौं । ईडीभी भिषाका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा चितवन भरतपुर महानगरपालिका, २९ जुगेडीका  ३६ वर्षीय जीवन कार्की, चितवन खैरेनी नगरपालिका, ३ का ३१ वर्षीय नविन दराई र रौतहट चन्द्रपुर नगरपालिका, ९ सिंदुरेघारीका ३२ वर्षीय शिव रोक्का रहेका प्रहरीले जनाएको छ । 

    नेपालस्थित अमेरिकी दूतावासमा ईडीभी २०२१ को नतिजामा नाम निकाली भिषा प्रक्रियाका लागि आवश्यक शैक्षिक योग्यता प्राप्त नगरेका केही व्यक्तिले भिसा प्रयोजनको लागि १०ं२ को नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको भन्ने अमेरिकी दूतावासको सूचनाको आधारमा नबिन र शिवलाई महानगरीय अपराध महाशाखा काठमाडौंबाट खटिएको प्रहरीले काठमाडौं महाराजगंजबाट पक्राउ गरेको हो ।

    थप अनुसन्धानको क्रममा नवीनसँग जीवनले १ लाख ७० हजार रुपैयाँ लिई उक्त नक्कली शैक्षिक प्रमाणपत्र बनाई दिएको खुल्न आएपछि उनलाईसमेत प्रहरीले पक्राउ गरेको छ । 

    सम्बन्धित समाचार