Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    जलविद्युत आयोजनाको सुरुङमा पुरिँदा युवकको मृत्यु

    जलविद्युत आयोजनाको सुरुङमा पुरिँदा युवकको मृत्यु


    • सोमवार, आश्विन ११ २०७८

    • नेपाल वाइड


    जलविद्युत आयोजनाको सुरुङमा पुरिँदा युवकको मृत्यु
    सांकेतिक तस्बिर

    खोटाङ । असोज ११, सोलुखुम्बुको लिखु जलविद्युत आयोजनाको सुरुङमा पुरिएर खोटाङको खोटेहाङ गाउँपालिका–८ सिमपानीका २८ वर्षीय रामकृष्ण राईको मृत्यु भएको छ ।

    सोमबार बिहान ३ बजे जलविद्युत आयोजनाको सुरुङभित्र काम गरिरहेको अवस्थामा माथिबाट खसेको ढिस्कोले पुरिँदा राईको घट्नास्थलमै मृत्यु भएको हो । उनी करिब महिना दिनघि मात्र जलविद्युत आयोजनाको काम गर्न सोलुखुम्बु पुगेका थिए ।

    आफन्तको आग्रह बमोजिम आफन्त घट्नास्थल पुगेपछि मात्र राईको शव उठाउने तयारी गरिएको लिखु जलविद्युत आयोजनाका इन्जिनियर गणेश शर्माले बताए ।

    सुरुङभित्र काम गरिरहेको अवस्थामा ढिस्को खस्दा रामकृष्ण करिब चार सय मिटर तल खसेका थिए । सुरुङमा ढिस्कोले पुर्दा दोलखा जिरीका २१ वर्षीय जगत श्रेष्ठ र ओखलढुंगा मोलुङका २८ वर्षीय प्रविन्द्र राई घाईते भएको प्रहरीले जनाएको छ ।

    घाईतेलाई उपचारको लागी हेलिकप्टरबाट केएमसी अस्पताल काठमाण्डौ पठाइएको छ । जानकारी पाए लगत्तै प्रहरीचौकी किन्जा र प्रहरीचौकी चौलाखर्कबाट प्रहरीको टोली घट्नास्थल पुगेको छ ।

    खोटेहाङ गाउँपालिकाका अध्यक्ष प्रदीप राईले भने घट्नाका विषयमा जलविद्युत आयोजनाका प्रतिनिधिले परस्पर बाझिने कुरा गरेको बताए ।

    ‘घरी सुरुङमा ढिस्कोले पुरिएको कुरा, घरी चिया खान जाँदै गर्दा लडेको भन्ने कुरा आयो,’ गाउँपालिका अध्यक्ष राईले भने, ‘घट्नाको यतार्थ विषय बाहिर आउन पर्छ । पिडितकातर्फबाट न्यायोचित क्षतीपुर्ती उपलव्ध गराउनु पर्छ भन्ने कुरा अघि बढाएको छौँ ।’

    सम्बन्धित समाचार