मंगलवार, आश्विन ५ २०७८
नेपाल वाइड
खोटाङ । असोज ५, खोटाङको ऐसेलुखर्क गाउँपालिका–७ माक्पाका किसानले पालेको भैंसीले एकैबेतमा दुई वटा पाडीलाई जन्म दिएकी छन् । माक्पा बेव्लाका कृषक गंगाबहादुर दाहाल सार्केले पालेको भैंसीले मंगलबार दुई वटा स्वस्थ पाडीलाई जन्मदिएकी छन् ।
दुई वटै पाडीको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ । भैंसीले एकैपल्ट दुई वटा पाडी व्याएपछि किसान उत्साहित बनेका छन् ।
सामान्यतः भैंसीले एकैबेतमा दुई वटा पाडोपाडीलाई जन्म दिनुलाई दुर्लभ र बिरलै घट्ने घट्नाका रुपमा लिइने गाउँपालिका अध्यक्ष बिश्वनाथ निरौलाले बताए ।