Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images
    सञ्चार

    फोन तथा ईन्टरनेट नचल्दा जनगणना सूचीकरणको काम प्रभावित

    फोन तथा ईन्टरनेट नचल्दा जनगणना सूचीकरणको काम प्रभावित


    • मंगलवार, आश्विन ५ २०७८

    • नेपाल वाइड


    फोन तथा ईन्टरनेट नचल्दा जनगणना सूचीकरणको काम प्रभावित
    सांकेतिक तस्बिर

    खोटाङ । असोज ५, फोन तथा ईन्टरनेटको सहज पहुँच नहुँदा खोटाङमा राष्ट्रिय जनगणनाका लागि घर तथा घर परिवार सूचीकरणका काम प्रभावित भएको छ । गाउँघरमा ईन्टरनेट नचल्ने तथा कतिपय गाउँमा फोन नै नटिप्ने समस्याले राष्ट्रिय जनगणनाका लागि घर तथा घर परिवार सूचीकरणका काममा अशर पुगेको हो ।

    फिल्डमा ईन्टरनेट नचल्दा मोबाईल एप्सबाट दैनिक कार्य प्रगती अपडेट गर्न कठिन भइरहेको तथा फिल्डमा खटिएका सुपरिवेक्षकसँग सम्पर्क गर्न वा समस्या परेका बेला स्वयं सुपरिवेक्षकलाई माथिल्लो निकायमा फोन सम्पर्क गर्न कठिन भइरहेको जिल्ला जनगणना कार्यालय खोटाङका जनगणना अधिकारी जीतबहादुर कोईराला (जेबी)ले बताए ।

    बर्षाको समय अझै नसकिएको, भौगोलिक विकटता र पहाडका छरिएका बस्तीमा पुग्न सुपरिवेक्षकले पैदल यात्रा गर्नु पर्ने भएकाले पनि कार्य प्रगती अपेक्षा गरे अनुरुप हुन नसकिरहेको जिल्ला जनगणना कार्यालयले जनाएको छ ।

    यस्तै, खराब मौसम र खराब सडकका कारण सवारी साधन नचल्दा सूचिकरण र सुपरिवेक्षण दुवै कार्यमा अवरोध भईरहेको जनगणना अधिकारी कोईरालाले बताए । दुई नगरपालिका र आठ गाउँपालिका रहेको खोटाङमा राष्ट्रिय जनगणना अन्तरगत भदौ ३० गतेदेखि घर तथा घर परिवार सूचिकरणको काम भइरहेको छ ।

    घर तथा घर परिवार सूचिकरणको काम आगामी असोज १८ गतेसम्म सञ्चालन हुने छन् । सोमबारसम्ममा घर तथा घर परिवार सूचिकरणको कार्य प्रगती करिब २० प्रतिशत भएको जनगणना अधिकारी कोईरालाले बताए । खोटाङमा घर तथा घरपरिवार सूचिकरणको काममा ७१ जना सुपरिवेक्षक खटाइएका छन् ।

    सम्बन्धित समाचार