Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images
    संविधान दिवस

    संविधान दिवसमा नेपालको नक्सा बनाएर दिप प्रज्वलन

    संविधान दिवसमा नेपालको नक्सा बनाएर दिप प्रज्वलन


    • आइतवार, आश्विन ३ २०७८

    • नेपाल वाइड


    संविधान दिवसमा नेपालको नक्सा बनाएर दिप प्रज्वलन
    संविधान दिवसको अवसरमा बाहुनीडाँडामा नेपालको नक्सा बनाएर दिप प्रज्वलन गरिँदै । तस्बिर सौजन्य : यानकुमार राई

    खोटाङ । असोज ३, संविधान दिवसको अवशरमा खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडामा नेपालको नक्सा बनाएर दिप प्रज्वलन गरिएको छ । संविधान दिवसको अवसरमा आइतबार वडा कार्यालय बाहुनीडाँडामा नेपालको नक्सा बनाएर नक्साको किनारामा दिप प्रज्वलन गरिएको हो ।

    जिल्ला स्तरमा औपचारिकताका लागि सामान्य कार्यक्रम गर्दै संविधान दिवस मनाइरहेको अवस्थामा बाहुनीडाँडामा वडा कार्यालयको आयोजनामा नेपालको नक्सा बनाएर दिप प्रज्वलन गरिएको हो ।

    बाहुनीडाँडाका वडाध्यक्ष रुद्र राई, हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाका वडाध्यक्ष हरिकुमार खड्का, वडा सदस्य, शिक्षक, बुद्धिजिवी लगायतको उपस्थितिमा वडामा संविधान दिवस मनाइएको हो ।

    जिल्ला स्तरमा संविधान दिवसलाई महत्व दिन छाडिएको अवस्थामा गाउँमा भने चासोका साथ हेर्न थालिएको बाहुनीडाँडाका युवा नेता यानकुमार राईले बताए ।

    constitutions day at bahunidanda photo_khotang1.jpg

    संविधान दिवसको अवसरमा बाहुनीडाँडामा नेपालको नक्सा बनाएर दिप प्रज्वलन गरिँदै । तस्बिर सौजन्य : यानकुमार राई

    सम्बन्धित समाचार