Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    २५ लाख जरिवाना फैसला भएका हिरालाल पक्राउ

    २५ लाख जरिवाना फैसला भएका हिरालाल पक्राउ


    • शनिवार, आश्विन २ २०७८

    • नेपाल वाइड


    २५ लाख जरिवाना फैसला भएका हिरालाल पक्राउ
    प्रतिकात्मक तस्बिर

    काठमाण्डौ । उच्च अदालत पाटनबाट बैंकिङ कसुर मुद्दामा २५ लाख जरिवाना तोकिएका हिरालाल श्रेष्ठलाई आज प्रहरीले पक्राउ गरेको छ। उच्च अदालत पाटनले २०७८ असार २९ गते श्रेष्ठलाई बैंकिङ कसुर तथा सजाय ऐन २०६४ बमोजिम १० दिन कैद र रु २५ लाख जरिवानाको फैसला गरेको थियो।

    हालसम्म फरार भएका प्रतिवादी श्रेष्ठलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगङ्जको टोलीले ललितपुरबाट पक्राउ गरेको हो। खोटाङ जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका– १० घर भई भक्तपुर बस्ने ३२ वर्षीय श्रेष्ठलाई शुक्रबार पक्राउ पश्चात प्रहरीले सार्वजनिक गरेको हो ।

    प्रतिवादीले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको जानीजानी झुक्याएर पीडितलाई सेञ्चुरी बैंकको चेक दिएका थिए । फैसला कार्यान्वयनको लागि जिल्ला अदालत ललितपुरमा पेश गरिएको ब्यूरोका प्रहरी उपरीक्षक श्यामकुमार महतोले बताए।

    सम्बन्धित समाचार