Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    प्रहरीले रोक्यो वाल विवाह

    प्रहरीले रोक्यो वाल विवाह


    • सोमवार, भाद्र २८ २०७८

    • नेपाल वाइड


    प्रहरीले रोक्यो वाल विवाह
    प्रतिकात्मक तस्बिर

    खोटाङ । भदौ २८, खोटाङमा प्रहरीले वाल विवाह रोकेको छ । ऐसेलुखर्क गाउँपालिका–२ बाकाचोलको झाँक्रीबास देउरालीमा दुलहीको उमेर नपुग्दै हुन लागेको विवाह प्रहरीले रोकेको हो ।

    बाकाचोलका १७ वर्षीय किशोरी र ऐसेलुखर्क गाउँपालिका–४ जलेश्वरीका २१ वर्षीय तामाङ थरका किशोरबिच विवाह हुन लागेको गोप्य सूचनाका आधारमा प्रहरी गएर सम्झाई बुझाई गरेर विवाह रोकिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरिक्षक एवं सूचना अधिकारी सागर शाहले बताए ।

    ईलाका प्रहरी कार्यालय ऐसेलुखर्कका प्रहरीको टोली शुक्रबार दुलही अन्माउने घरमा पुगेपछि जन्ती बेहुलीबिनै घर फर्किएको छ । उमेर नपुग्दै विवाह गर्नु कानूनी विपरित भएको भन्दै केटा र केटी पक्षलाई सम्झाई बुझाई गरेर विवाह रोक्न सहमत गराइएको प्रहरीले जनाएको छ । बाकाचोलमा तीन वटा बालविवाह भइसकेको श्रोतले जनाएको छ ।

    सम्बन्धित समाचार