Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    नक्कली प्रमाणपत्र बनाउने पक्राउ

    नक्कली प्रमाणपत्र बनाउने पक्राउ


    • बुधवार, भाद्र २३ २०७८

    • नेपाल वाइड


    नक्कली प्रमाणपत्र  बनाउने पक्राउ
    प्रतिकात्मक तस्बिर

    काठमाडौं । ललितपुरमा नक्कली प्रमाणपत्र तथा जाली कागजात बनाउने कार्यमा संलग्न रहेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बागलुङको बडीगार्ड गाउँपालिका–९ बस्ने ३२ वर्षीय युद्धबहादुर केसी छन् । उनलाई ललितपुरको कुपण्डोलस्थित यूएन पार्कबाट प्रहरीले पक्राउ गरेको हो ।

    नेपाल तथा भारतका विभिन्न मेडिकल कलेजबाट डिप्लोमा इन फार्मेसी उत्तीर्ण गरेको नक्कली प्रमाणपत्र बनाई नेपाल फार्मेसी काउन्सिलमा दर्ता भएको नक्कली कागजातको साथै नक्कली लाइसेन्स, परीक्षा प्रवेशपत्रलगायत जाली कागजात बनाउने कार्यमा संलग्न रहेको खुल्न आएपछि महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाइएको छ ।

    सम्बन्धित समाचार