Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    साढे आठ हजार घुस रकमसहित नायब सुब्बा पक्राउ

    साढे आठ हजार घुस रकमसहित नायब सुब्बा पक्राउ


    • बुधवार, भाद्र २३ २०७८

    • नेपाल वाइड


    साढे आठ हजार घुस रकमसहित नायब सुब्बा पक्राउ

    जनकपुरधाम । जिल्ला प्रशासन कार्यालय धनुषाका नायब सुब्बा घुस रकमसहित पक्राउ परेका छन् । मंगलबार साँझ क्याम्पस चोकस्थित लड्डु स्विट्स एन्ड स्नेक्स सेन्टरबाट जिल्ला प्रशासन कार्यालयका कर्मचारी उमेश कुमार चौधरी पक्राउ परेका हुन् ।

    उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले साढे आठ हजार घुस रकमसहित पक्राउ गरेको हो । चौधरीले नागरिकताको प्रतिलिपी निकाल्न सेवाग्राहीसँग १० हजार घुस रकम मागेको आरोप लागेको छ । अख्तियारले सेवाग्राहीबाट घुसबापतको पैसा लिँदै गर्दा पक्राउ गरेको हो । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित समाचार