मंगलवार, भाद्र २२ २०७८
नेपाल वाइड
मुग्लिन । पहिरोका कारण मुग्लिन–नौबिसे सडक अवरुद्ध भएको छ । पृथीराजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० जोगीमारामा बिहान ६ बजे सडकमाथिबाट पहिरो खसेर राजमार्ग अवरुद्ध भएको हो ।
अहिले पहिरो हटाउन फिस्लिङबाट सडक विभागको मेसिनसहित टोली पहिरोस्थलतर्फ गएको सडक विभागका सुपरभाइजर हरि घिमिरेले जानकारी दिए । पहिरो ठूलो खसेकाले सडक खुलाउनका लागि समय लाग्ने उनले बताए । रासस