Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    श्रीमती मृत फेला परेपछि श्रीमान विरुद्ध ज्यान सम्वन्धी कसुरमा किटानी जाहेरी

    श्रीमती मृत फेला परेपछि श्रीमान विरुद्ध ज्यान सम्वन्धी कसुरमा किटानी जाहेरी


    • सोमवार, भाद्र १४ २०७८

    • नेपाल वाइड


    श्रीमती मृत फेला परेपछि श्रीमान विरुद्ध ज्यान सम्वन्धी कसुरमा किटानी जाहेरी
    जिल्ला प्रहरी कार्यालय खोटाङ

    खोटाङ । भदौ १४, खोटाङमा श्रीमती घरैमा मृत फेला परेपछि श्रीमान विरुद्ध ज्यान सम्वन्धी कसुरमा किटानी जाहेरी दरखास्त दर्ता भएको छ ।

    २१ वर्षकी शिक्षा राई घरैमा झुण्डिएको अवस्थामा मृत फेला परेपछि हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेको तल्लो चिचिङ्गाका २२ वर्षीय मनकुमार राईविरुद्ध माईतीपक्षले जिल्ला प्रहरी कार्यालय खोटाङमा ज्यान सम्वन्धी कसुरमा किटानी जाहेरी दरखास्त दर्ता गरेका हुन् ।

    भदौ ९ गते आत्महत्या दुरुत्साहन सम्वन्धी उजुरी दिएका माईतीपक्षले पुःन ज्यान सम्वन्धी कसुरमा किटानी जाहेरी दरखास्त दर्ता गरेको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी उमेश लम्सालले बताउनुभयो ।

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङ माईती घर भएकी शिक्षाले वर्ष दिनअघि मनकुमारसँग विवाह गरेकी थिईन् । उनी भदौ ७ गते घरैमा झुण्डिएको अवस्थामा फेला परेकी थिईन् । माईतीपक्षले भने पटक–पटकको प्रयास र दवावपछि आरोपित विरुद्ध ज्यान सम्वन्धी कसुरमा किटानी जाहेरी दर्ता भएको बताएका छन् ।

    तर, यसअघि आत्महत्या दुरुत्साहनको मुद्धा मात्र आएको प्रहरीले दावी गरेको छ । शिक्षाको मृत्यु शंकास्पद भएको भन्दै सुरुमै ज्यान सम्वन्धी कसुरमा किटानी जाहेरी दरखास्त दिन खोज्दा प्रहरीले आलटाल गरेको मृतककी वडाबा बयानसिं राईले गुनासो गर्नुभयो ।

    सुरुमा रुख कटहरको रुखमा झुण्डिएको भनेर खबर गरेपछि घट्नास्थल पुग्दा घरको बरण्डाको काठमा झुण्डिएको भनिएको, प्रहरी नपुग्दै डोरीबाट शव निकालेर राखिएको, माइतीपक्ष नपुग्दै मुचुल्का उठाइएको, मृतकले करिब ७ फिट अग्लो बरण्डामा आफै डोरी झुण्ड्याउन नभेट्ने तथा डोरी झुण्ड्याउनका लागि केही पनि टुल्स प्रयोग नगरेको पाइएको, डोरीको पासो पनि सुर्के लाग्ने अवस्थामा नभएको, मृतकको नाक र मुखमा रगत देखिएको, दाहिने कोखामा निलडाम देखिएको, देब्रे हातमा कोतारिएको देखिनुले शिक्षाको आत्महत्या नभै हत्या भएको पिडित पक्षको दावी छ ।

    सम्बन्धित समाचार