Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images
    मौषम

    आजबाट मौषममा सुधार आउने

    आजबाट मौषममा सुधार आउने


    • सोमवार, भाद्र १४ २०७८

    • नेपाल वाइड


    आजबाट मौषममा सुधार आउने
    सांकेतिक तस्बिर

    काठमाडौं । आजबाट पानी पर्नेक्रम केही कम हुने भएको छ । आजबाट क्रमशः पानी पर्नेक्रम विस्तारै कम हुँदै जाने मौसमविद् राजु प्रधनाङ् बताउँछन् । “पूर्णरुपमा पानी नपर्ने भन्ने त होइन तर आजबाट वर्षाको क्रम केही कम हुँदै जाने छ ।

    भोलिबाट घाम पनि लाग्ने छ,” मौसमविद् प्रधानाङ् भन्छन्, “जुन प्रणालीले नेपालमा वर्षा भएको हो त्यो नेपालभन्दा धेरै तल रहेकाले अब विस्तारै वर्षा कम हुने हो ।” यद्यपि पहिरोको सम्भावना भने कायम नै रहेको उनको भनाइ छ । लामो समय निरन्तर पानी परेकाले अब सामान्य वर्षा हुँदा पनि पहिरो जान सक्ने उनी बताउँछन् ।

    निरन्तरको वर्षाले गलेको जमिन सामान्य पानी पर्दा पनि बग्नसक्ने उनको भनाइ छ । त्यसैले सतर्क हुनु पर्ने अवस्था रहेको मौसमविद् प्रधानाङ् बताउँछन् । आज विहान देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ.।

    गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको उनले जानकारी दिए । आज दिउँसो देशका अधिकांश भू–भागमा सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । लुम्बिनि प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेशका र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ ।

    आज राति देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । वर्षाको सम्भावना रहेकाले पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेकाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले सामान्य सतर्कता अपनाउन विभागको अनुरोध छ ।

    सम्बन्धित समाचार