Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    भदौ २० देखि सवारी चालक अनुमति पत्र (लाइसेन्स) को परीक्षा हुने

    भदौ २० देखि सवारी चालक अनुमति पत्र (लाइसेन्स) को परीक्षा हुने


    • आइतवार, भाद्र १३ २०७८

    • नेपाल वाइड


    भदौ २० देखि सवारी चालक अनुमति पत्र (लाइसेन्स) को परीक्षा हुने

    काठमाडौँ । यातायात व्यवस्था कार्यालयले सवारी चालक अनुमति पत्र (लाइसेन्स) को परीक्षा भदौ २० देखि सञ्चालन गर्ने भएको छ ।यातायात व्यवस्था विभागले आज सूचना जारी गर्दै वैशाख १५ देखि रोकिएको लिखित तथा प्रयोगात्मक परीक्षा भदौ २० गते आइतबारबाट सञ्चालन गर्न लागेको जनाएको छ ।

    यसअघि खबरहबसगको कुराकानीमा विभागका सूचना अधिकारी डा. लोकनाथ भुसालले लकडाउनलका कारण रोकिएका लाइसेन्सको लिखित र प्रयोगात्मक परीक्षा १८ गतेबाट हुने बताएका थिए । तर कारणबास दिएको सूचनाभन्दा २ दिनपछिबाट सुरु गर्न लागेको उनले बताए ।

    लाइसेन्सका लागि आवेदन दिएका ४ लाख परीक्षार्थीले २० गतेबाट परीक्षा दिना पाउनेछन् भने नयाँ आवेदन तत्काल नखुल्ने विभागले जनाएको छ ।

    सम्बन्धित समाचार