Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    धनुषामा ससुरा र बुहारीको शव गाडिएको अवस्थामा बरामद, छोरा प्रहरी नियन्त्रणमा

    धनुषामा ससुरा र बुहारीको शव गाडिएको अवस्थामा बरामद, छोरा प्रहरी नियन्त्रणमा


    • मंगलवार, भाद्र ८ २०७८

    • नेपाल वाइड


    धनुषामा ससुरा र बुहारीको शव गाडिएको अवस्थामा बरामद, छोरा प्रहरी नियन्त्रणमा

    धनुषा । धनुषामा ससुरा र बुहारीको शव गाडिएको अवस्थामा फेला परेको छ । मिथिला बिहारी नगरपालिका वडा नम्बर ५ स्थित ललियामा ५५ वर्षीय बुवा रामवृक्ष मण्डल र २१ वर्षीया अम्बिका मण्डलको शव फेला परेको हो ।

    हत्या गरेको आशङ्कामा प्रहरीले मृतकका छोरा तथा पति ३० वर्षीय भागेश्वर मण्डललाई धनुषा प्रहरीले नियन्त्रणमा लिइएको छ । भागेश्वरको बुवा रामवृक्षलाई स्थानीयले खोज्ने क्रममा घरमा नभेटाएपछि गाउँमा खोज तलास गर्ने क्रममा सो घटना सार्वजनिक भएको धनुषाको प्रहरी नायब उपरीक्षक जितेन्द्र बस्नेतले जानकारी दिए ।

    घरबाट रामवृक्ष र बुहारी अम्बिका एकै पटक बेपत्ता भएको खबर स्थानीयवासीले थाहा पाएपछि खोजतलाससँगै प्रहरीलाई खबर गरेका थिए । हत्या गरेको आशङ्कामा भागेश्वर मण्डललाई पक्राउ गरी थप अनुसन्धान थालिएको प्रहरी नायब उपरीक्षक बस्नेतले बताए ।

    केही महिना पूर्व महोत्तरीको भ्रमरपुरामा सुजाता ठाकुर हत्या प्रकरण नसेलाउँदै धनुषामा समेत सोही प्रकृतिको हत्याको घटना सार्वजनिक भएको छ । रातोपाटी 

    सम्बन्धित समाचार