Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    श्रीमान-श्रीमतीको झगडा मिलाउन खोज्दा मोरङमा एक जना पुरुषको हत्या

    श्रीमान-श्रीमतीको झगडा मिलाउन खोज्दा मोरङमा एक जना पुरुषको हत्या


    • सोमवार, भाद्र ७ २०७८

    • नेपाल वाइड


    श्रीमान-श्रीमतीको झगडा मिलाउन खोज्दा मोरङमा एक जना पुरुषको हत्या
    प्रतिकात्मक तस्बिर

    विराटनगर । श्रीमान र श्रीमतीबीचको झगडा मिलाउन खोज्दा मोरङको मिक्लाजुङमा एक पुरुषको हत्या भएको छ । मिक्लाजुङ गाउँपालिका–७ का ४३ वर्षीय धनराज लिम्बूको हत्या भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए ।

    मिक्लाजुङ–६ का ३३ वर्षीय रविन तामाङ र उनका भाइहरु ३० वर्षीय आइतराज एवं २६ वर्षीय सञ्जय तामाङसहितले आक्रमण गरेको दुई दिनपछि लिम्बूको मृत्यु भएको श्रेष्ठको भनाइ छ । उनका अनुसार मिक्लाजुङ–७ भण्डारी टोलमा डेरा गरेर बस्दै आएका रविन र उनकी श्रीमती निरुताबीच झगडा भएको सुनेपछि लिम्बू भदौ ३ गते राति ८:४० बजेतिर घटनास्थलमा पुगेका थिए ।

    झगडा भएको सुनेपछि रविनका जेठान ४० वर्षीय भाग्य बम्जन (तामाङ) आफ्नो मासु पसलमा आएका छिमेकीहरु ५५ वर्षीय दुर्गाबहादुर कार्की र लिम्बूलाई लिएर बहिनी–ज्वाईंको डेरामा गएको खुलेको छ । मिलेर बस्न र परिवारमा झगडा नगर्न भनेर सम्झाउने क्रममा रविन, आइतराज र सञ्जयसहितले लिम्बू र कार्कीमाथि दाउराले कुटपिट गरेको डीएसपी श्रेष्ठको भनाइ छ ।

    उनका अनुसार पारिवारिक विवादमा बाहिरका मान्छे प्रवेश गरेको भन्दै सामूहिक रूपमा आक्रमण गरिएपछि गम्भीर घाइते भएका लिम्बूको उपचारका क्रममा विराटनगरको विराट नर्सिङ होम एवं विराटनगर अस्पतालमा गय राति ११:४५ बजेतिर मृत्यु भएको हो ।

    कुटपिटबाट सामान्य घाइते हुनु भएका दुर्गाबहादुर भने उपचारपछि घर फर्किसकेको प्रहरीले जनाएको छ । घटनामा संलग्नलाई पक्राउ गरेर कर्तव्य ज्यान मुद्दा चलाउन घटनाको अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित समाचार