Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images
    मौषम

    प्रदेश १ सहित देशका विभिन्न स्थानमा भारी वर्षा हुने

    प्रदेश १ सहित देशका विभिन्न स्थानमा भारी वर्षा हुने


    • सोमवार, भाद्र ७ २०७८

    • नेपाल वाइड


    प्रदेश १ सहित देशका विभिन्न स्थानमा भारी वर्षा हुने
    सांकेतिक तस्बिर

    काठमाडौं । हाल देशभर सामान्य बदली रहेको छ । प्रदेश नम्बर–१, वाग्मती, गण्डकी, लुम्बिनी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम खालको वर्षा भइरहेको छ । नेपालमा अहिले मनसुनी वायुको सामान्य प्रभाव रहेको छ ।

    न्यूनचापीय रेखा नेपालभन्दा केही दक्षिणतिर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशभर सामान्य बदली रहनेछ । केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना ।

    प्रदेश–१, वाग्मती र गण्डकी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ । आज राति देशभर सामान्य बदली रहनेछ । धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

    लुम्बिनी, गण्डकी र वाग्मती प्रदेशको एक वा दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ । पहाडी भू–भागमा पहिरो र गेग्रान बहावको जोखिम तथा नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

    सम्बन्धित समाचार