शुक्रवार, भाद्र ४ २०७८
नेपाल वाइड
खोटाङ । भदौ ४, खोटाङको ऐसेलुखर्क गाउँपालिका–४ जलेश्वरीका स्थानीयले प्रशासनलाई भरुवा बन्दुक बुझाएका छन् । अवैध हातहरियार संकलन अभियान थालेको जिल्ला प्रशासन कार्यालयलाई स्थानीयले ७ नाल सावुद र १० नाल बेसाबुद बन्दुक बुझाएका हुन् । स्थानीयले बुझाएको बन्दुक शुक्रबार प्रशासनले सार्वजनिक गरेको छ ।
वन्यजन्तु चोरी शिकारी एवं अपराधिक क्रियाकलाप नियन्त्रणका लागि हातहतियार संकलन अभियान थालिएकामा जलेश्वरीका स्थानीयले स्वःतस्फुर्त भरुवा बन्दुक बुझाएको प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले बताए ।

स्थानियले बुझाएको भरुवा बन्दुक पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्नेक्रममा । तस्बिर : नेपालवाईड डटकम
स्थानीयले बुझाएको भरुवा बन्दुक जिल्ला प्रहरी कार्यालयलाई बुझाइने प्रशासनले जनाएको छ । स्थानीयले बिहिबार प्रशासनलाई गाउँमै बोलाएर भरुवा बन्दुक बुझाएका थिए । भरुवा बन्दुक बुझ्नका लागि प्रजिअ शर्मा जलेश्वरी पुगेका थिए । अवैध हातहतियार संकलन अभियान जारी राखिने शर्माले बताए ।