Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    नौबिसे–नागढुंगा सडक खण्ड अवरुद्ध

    नौबिसे–नागढुंगा सडक खण्ड अवरुद्ध


    • बुधवार, भाद्र २ २०७८

    • नेपाल वाइड


    नौबिसे–नागढुंगा सडक खण्ड अवरुद्ध
    फायल तस्बिर

    धादिङ । त्रिभुवन राजपथअन्तर्गत नौबिसे–नागढुंगा सडकखण्डको सिस्नेखोलामा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको छ । सिस्नेखोला र खत्रीपैवा बीचका भागमा सडकमाथिबाट पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको इलाका प्रहरी कार्यालय खानीखोलाका प्रहरी प्रमुख रुपा थापाले जानकारी दिइन् ।

    लगातार पानी परिरहेका कारण पहिरो हटाउन केही समय लाग्ने र पहिरोमा फसेको ना२ख ८३५३ नम्बरको ट्रकलाई निकालिएको उनले बताइन् । सडक फराकिलो पार्ने क्रममा पहिरो खसेर सडक अवरुद्ध हुँदै आएको छ । रासस

    सम्बन्धित समाचार