सोमवार, श्रावण ३२ २०७८
नेपाल वाइड
दाङ । नेपाल प्रेस युनियन दाङका पदाधिकारीले सामुहिक राजीनामा दिएका छन् । नेपाल पत्रकार महासंघको गत चैत २५ गते सम्पन्न निर्वाचनमा संगठन विरुद्ध गतिविधि गर्ने व्यक्तिहरूलाई कारबाहीका लागि सिफारिस गरिएकामा उल्टै केन्द्रबाट उनीहरूलाई नियमित काममा लगाइएको प्रति आपत्ति जनाउँदै संगठनको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिइएको जनाइएको छ ।
निर्वाचनमा आफ्नै संगठन विरुद्धको क्रियाकलापमा संलग्न व्यक्तिबारे छानबिन गर्नुको साटो "मेरा भोटरलाई कारबाही नगर्नू" भनी केन्द्रीय सुशासन समितिले जिल्ला समितिलाई धम्कीपूर्ण निर्देशन दिएको उनीहरूको आरोप छ ।