Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images
    अपराधीलाई पत्ता लगाएर हदैसम्मको कार्वाहीको माग

    सहकारीको कार्यालयमा चोरी तथा आगजनीको प्रयास, दिक्तेलबजारमा सुरक्षा चुनौती

    सहकारीको कार्यालयमा चोरी तथा आगजनीको प्रयास, दिक्तेलबजारमा सुरक्षा चुनौती

    बजारको शान्ती सुरक्षाको लागि भन्दै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले राखेको सिसि क्यामेरा समेत प्रभावहिन

    • बिहिवार, श्रावण २८ २०७८

    • नेपाल वाइड


    सहकारीको कार्यालयमा चोरी तथा आगजनीको प्रयास, दिक्तेलबजारमा सुरक्षा चुनौती
    दिक्तेलबजारमा सञ्चालित सक्रिय बचत तथा ऋण सहकारी संस्था लिमिटेडको कार्यालय

    खोटाङ । साउन २८, खोटाङको दिक्तेलबजारमा सञ्चालित सक्रिय बचत तथा ऋण सहकारी संस्था लिमिटेडको कार्यालयमा चोरी तथा आगजनीको प्रयास भएको छ ।

    दिक्तेलबजारमा रहेको सहकारीको कार्यालयमा बुधबार राती १ बजे चोरी तथा आगजनीको प्रयास भएको हो । सहकारीको मूख्य ढोका, कोठाभित्र राखिएको ड्रयर र लकरको ताला समेत रडले तोडेको पाइएको सहकारीका अध्यक्ष राजेन्द्र लयालुले बताए ।

    यस्तै, काउण्टरको टेवलमा राखिएको प्रिन्टर र डोरम्याटमा पेट्रोल छर्केर जलाएको पाइएको छ । सहकारीको कार्यालय नजिकै पार्किङ गरेर राखिएको बाईकको पेट्रोल झिकेर आगजनी गरिएको खुलेको अध्यक्ष लयालुले बताए ।

    ओभर भोल्टेज आएपछि सो क्षेत्रमा लाईन काटिएको र कार्यालयको सिसि क्यामेराले एडप्टर जलेर काम गर्न छाडेको मौकामा सहकारीमा चोरी तथा आगजनीको प्रयास भएको हो । सहकारीको कार्यालय अगाडिका व्यवसायी नवराज जोसीले थाहा पाएपछि आगजनीबाट सहकारीको कार्यालय जोगाइएको छ ।

    सहकारीको ढोका खुला रहेको देखिएको र डढेको गन्ध आएपछि हेर्दा आजगनीको प्रयास भएको पत्ता लागेको थियो । तत्काल आगो निभाइएका कारण थप क्षती हुन नपाएको अध्यक्ष लयालुले बताए । बेलैमा आगो निभाइएका कारण सहकारी सँगै बजारका अन्य घर तथा पसल समेत आगलागीबाट जोगिएको छ ।

    सहकारीमा चोरी तथा आगजनीको प्रयास गर्ने दोषीको पहिचानका लागि प्रहरीलाई निवेदन दिइएको अध्यक्ष लयालुले बताए । ‘सहकारीको कार्यालयमा लागेको आगो तत्काल नियन्त्रणमा लिन सफल भयौं ।

    सहकारीको अन्य कागजात सुरक्षित छ,’ अध्यक्ष लयालुले भने, ‘बजारलाई नै ध्वस्त बनाउन प्रयास गर्ने जघन्य अपराधीलाई पत्ता लगाएर हदैसम्मको कार्वाहीको माग गरेका छौँ ।’

    जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयकै क्षेत्रमा रहेको सहकारीमा चोरी तथा आगजनीको प्रयासले दिक्तेलबजारमा सुरक्षा चुनौती देखापरेको छ ।

    यस्तै, बजारको शान्ती सुरक्षाको लागि भन्दै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले राखेको सिसि क्यामेरा समेत प्रभावहिन देखिएको छ । नगरले राखेको सिसि क्यामेरा नियमित चालु नहुँदा खर्च मात्र गराएको स्थानीयको भनाई छ ।

    सम्बन्धित समाचार