Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    वालिका बलात्कारमा संलग्नलाई १२ वर्ष कैद

    वालिका बलात्कारमा संलग्नलाई १२ वर्ष कैद


    • मंगलवार, श्रावण २६ २०७८

    • नेपाल वाइड


    वालिका बलात्कारमा संलग्नलाई १२ वर्ष कैद
    प्रतिकात्मक तस्बिर

    नुवाकोट । बालिका बलात्कारको कसुरमा दोषी ठहर गर्दै नुवाकोट जिल्ला अदालतले विदुर नपा–१२ का १९ वर्षीय केदार पौडेललाई १२ वर्ष कैद सजायको फैसला गरेको छ । 

    जिल्ला अदालतका न्यायाधीश उमेशप्रसाद लुइँटेलको इजलासले आरोपित पौडेललाई बलात्कारको कसुरमा दोषी ठहर गर्दै सो फैसला गरेको अदालतका श्रेस्तेदार इन्द्रकुमार खड्काले जानकारी दिए । उनका अनुसार पौडेलबाट पीडित बालिकालाई रु ५० हजार क्षतिपूर्ति भराउनसमेत फैसला भएको हो । 

    पौडेलले २०७७ वैशाख ३० गते बेलकोटगढी नपा–५ स्थित एक ओडारमा बोलाई १५ वर्षीया किशोरीलाई बलात्कार गरेको प्रहरीले जनाएको छ ।

    घटनाको अर्को दिन जिल्ला प्रहरी कार्यालयमा पौडेलविरुद्ध उजुरी दर्ता भएको थियो । स्थानीयवासीले उनलाई बालिका बलात्कार गरेको स्थानबाटै नियन्त्रणमा लिई कारवाहीका लागि प्रहरीमा बुझाएका थिए । जिल्ला अदालतले २०७७ जेठ २५ गते पौडेललाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । रासस

    सम्बन्धित समाचार