सोमवार, श्रावण १८ २०७८
नेपाल वाइड
काठमाडौं । सूचना विभागले प्रेस पास तथा अनलाइन दर्ता सेवा अब पूर्णरुपमा अनलाइनबाटै गर्ने भएको छ । विभागका शाखा अधिकृत वसन्तबहादुर खत्रीले एक सूचना जारी गर्दै यस्तो जानकारी गराएका छन् ।
सूचना तथा प्रसारण विभागले विभागको कार्यविवरण अनुसार मुख्यतः प्रेस प्रतिनिधि प्रमाणपत्र जारी–नवीकरण, अनलाइन सञ्चारमाध्यम दर्ता तथा नवीकरणको काम अब अनलाइनबाटै गर्न सकिने भएको छ ।
रेडियो तथा टेलिभिजनको इजाजत जारी तथा नवीकरणलगायतका कामहरु यसअघि नै गर्दै आइरहेको भएपनि उल्लेखित सेवाहरु लिने सेवाग्राहीहरु ७७ वटै जिल्लामा कार्यरत रहने, पछिल्लो समय विश्वभर फैलिएको कोभिड १९ महामारीको जोखिम, नेपाल सरकारले अवलम्बन गर्दै आएको डिजिटल नेपाल फ्रेमवर्कको नीतिका साथै सार्वजनिक सेवा विद्युतीय माध्यमबाट चुस्त, छरितो सहज तथा कागज विहीनरुपमा प्रवाह गर्नुपर्ने अवस्था आएको विभागले जनाएको छ ।