Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    तमोर, लिखु, दूधकोसीमा बहाव बढ्ने

    तमोर, लिखु, दूधकोसीमा बहाव बढ्ने


    • सोमवार, श्रावण १८ २०७८

    • नेपाल वाइड


    तमोर, लिखु, दूधकोसीमा बहाव बढ्ने
    फायल तस्बिर

    काठमाडौं । महाकाली र कोसीका सहायक नदीहरूमा आज पानीको बहाव बढ्नेछ । तमोर, लिखु, खिम्ति, दूधकोसीमा बहाव बढ्ने पूर्वानुमान छ । बबई र तिनाउ नदीमा पनि बहाव बढ्नेछ ।

    नारायणी, कर्णाली र यिनका सहायक नदीहरूमा बहाव सामान्य घटबढ हुने तथा सतर्कता तहभन्दा तलै रहने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । कन्काई, कमला, वाग्मती, पूर्वी राप्ती, पश्चिम राप्तीलगायतमा पनि बहाव सामान्य घटबढ हुने तथा सतर्कता तहभन्दा तलै रहने पूर्वानुमान छ ।

    संखुवासभा, सोलुखुम्बु, खोटाङ, भोजपुर, पाँचथर, बारा, पर्सा, दोलखा, सिन्धुपाल्चोक, रामेछाप, धादिङ, गोरखा, लमजुङ, तनहुँ, नवलपरासी, रुपन्देही, कपिलवस्तु, दैलेख, रुकुम पश्चिम, दार्चुला, बझाङ, डडेलधुरा र आसपास जिल्ला भई बहने स–साना नदीहरुमा बहाव बढ्नेछ । केहीमा आकस्मिक बहाव हुन सक्ने पूर्वानुमान छ ।

    सम्बन्धित समाचार