Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    खोटाङमा भरुवा बन्दुकसहित तीन जना पक्राउ

    खोटाङमा भरुवा बन्दुकसहित तीन जना पक्राउ


    • मंगलवार, श्रावण १२ २०७८

    • नेपाल वाइड


    खोटाङमा भरुवा बन्दुकसहित तीन जना पक्राउ
    प्रतिकात्मक तस्बिर

    खोटाङ । साउन १२, जिल्ला प्रहरी कार्यालय खोटाङले तीन जनालाई भरुवा बन्दुकसहित पक्राउ गरेको छ । घरमा भरुवा बन्दुक राखेको सूचनाका आधारमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका वडा सदस्य पर्शुराम बानियाँ, सोही स्थानका मदनबहादुर बानियाँ र मिलन बानियाँलाई प्रहरीले पक्राउ गरेको हो ।

    घरमा भरुवा बन्दुक लुकाएर राखेको गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले सोमबार पर्शुरामको घरबाट एक नाल भरुवा बन्दुक, मदनको घरवाट छर्रा र बारुद लोड गरेको एक नाल भरुवा बन्दुक, १५० ग्राम बारुद र ४०० ग्राम धातुका छर्रा तथा मिलनको घरवाट छर्रा र बारुद लोड गरेको एक नाल बन्दुक फेला पारेको हो ।

    भरुवा बन्दुक सहित पक्राउ परेका तीनै जनालाई हातहतियार खरखजना कसुरमा जिल्ला अदालतबाट ७ दिनको म्याद थप अनुमति लिएर हिरासतमा राखेर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी एवं प्रहरी निरिक्षक अमरप्रसाद गजमेरले मंगलबार विज्ञाप्तीमार्फत जानकारी दिएका छन् ।

    सम्बन्धित समाचार