Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    नगरपालिकामा ‘बालिका बचत’ कार्यक्रम, छोरीको खातामा वार्षिक चार हजार

    नगरपालिकामा ‘बालिका बचत’ कार्यक्रम, छोरीको खातामा वार्षिक चार हजार


    • आइतवार, श्रावण १० २०७८

    • नेपाल वाइड


    नगरपालिकामा ‘बालिका बचत’ कार्यक्रम, छोरीको खातामा वार्षिक चार हजार
    बालिका बचत कार्यक्रममा समेटिने बालिका कख्याउँदै उपमयेर बिमला राई ।

    खोटाङ । साउन १०, खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले छोरीको सम्मान र प्रोत्साहनमा ‘बालिका बचत’ कार्यक्रम सुरु गरेको छ । छोरीलाई भन्दा छोरालाई प्राथमिकता दिने सामाजिक विभेद अन्त्यको प्रयास स्वरुप नगरपालिकाले आर्थिक वर्ष २०७७/०७८ बाट ‘बालिका बचत’ कार्यक्रम सुरु गरेको हो ।

    ‘बालिका बचत’ कार्यक्रम अन्तरगत नगरपालिकाले गत २०७७ साल साउन १ गतेदेखि असारमसान्तसम्ममा जन्मिएका छोरीको नाममा खाता खोलेर र ३ वर्षको उमेर पुग्दासम्म बार्षिक ४ हजारका दरले खातामा रकम जम्मा गरिदिनेगरी कार्यक्रम सुरु गरिएको हलेसी तुवाचुङ नगरपालिकाका उपमेयर बिमला राईले बताउनुभयो ।

    आर्थिक वर्ष २०७७/०७८ भित्र जन्मिएका ४६ जना छोरीको नाममा खाता खोलेर ‘बालिका बचत’ कार्यक्रम अन्तरगत मासिक ४ हजारका दरले रकम जम्मा गरिदिएको नगरपालिकाले जनाएको छ ।

    ११ वडा रहेको नगरपालिकालाई बालिकामैत्री नगर बनाउने लक्ष्यकासाथ आर्थिक वर्ष २०७७/०७८ को बार्षिक नीति तथा कार्यक्रमबाटै बजेट व्यवस्था गरेर ‘बालिका बचत’ कार्यक्रम सुरु गरिएको हो ।

    ‘बालिका बचत’ कार्यक्रम अन्तरगतको सहयोग पाउनका लागि गर्भावस्थामा आमाले चार पटक अनिवार्य गर्भजाँच गरेको, स्वास्थ्य संस्थामै गएर सुत्केरी गराएको वा स्थानीय स्वास्थ्य संस्थामा सुत्केरी हुन नसकेको अवस्थामा अन्यत्र रेफर भएर छोरीलाई जन्म दिएको हुनुपर्ने प्रावधान छ । कार्यक्रमका माध्यमबाट छोरा र छोरीमाथिको विभेदको अन्त्या गर्दै बचत गर्ने बानीको बिकासमा सहयोग पुग्ने अपेक्षा गरिएको उपमेयर राईले बताउनुभयो ।

    छोरीलाई भन्दा छोरालाई प्राथमिकता दिने सामाजिक विभेद अन्त्याको प्रयास स्वरुप कार्यान्वयनमा ल्याइएको ‘बालिका बचत’ कार्यक्रमका लागि नगरपालिका र सालपा विकास बैंकको हलेसी शाखाविचमा बार्षिक ९ प्रतिशतले व्याज उपलव्ध गराउनेगरी हकवाला आमालाई राखेर बालिकाको नाममा १५ वर्षे मुद्धति खाता खोल्ने सम्झौता गरिएको छ ।

    बैंक खातामा नाममा जम्मा भएको रकम बालिका १५ वर्षपछि मात्र निकाल्न पाउने व्यवस्था मिलाइएको छ । नगरपालिकाले जम्मा गरिदिएको खातामा स्वयं बालिकाको परिवारले समेत रकम बचत गर्न सक्ने नगरपालिकाले जनाएको छ ।

    ‘बालिका बचत’ कार्यक्रम सुरु गरेपछि हलेसी तुवाचुङ नगरपालिकामा नियमित गर्भजाँच गराउने र बर्थिङ सेन्टरमा गएर सुत्केरी गराउने संख्या वृद्धि भएको छ । ‘बालिका बचत’ कार्यक्रम सुरु गरेपछि स्वास्थ्य संस्थामा गएर नियमित गर्भजाँच गराउने र बर्थिङ सेन्टर वा स्वास्थ्य संस्थामा गएर सुत्केरी गराउने संख्या बृद्धि भएको हो ।

    सम्बन्धित समाचार