Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images
    पंखु खोला निर्माणमा ठेकेदारको चरम ढिलासुस्ती :

    म्याद नाघेको तीन वर्ष पुग्दा ४० प्रतिशत काम, पुल निर्माणको काम अलपत्र

    म्याद नाघेको तीन वर्ष पुग्दा ४० प्रतिशत काम, पुल निर्माणको काम अलपत्र


    • शनिवार, श्रावण ९ २०७८

    • नेपाल वाइड


    म्याद नाघेको तीन वर्ष पुग्दा ४० प्रतिशत काम, पुल निर्माणको काम अलपत्र
    ठेकेदारको ढिलासुस्तीका कारण अलपत्र परेको पंखु खोलाको पुलको पिलर ।

    खोटाङ । साउन ९, ठेकेदारको ढिलासुस्तीका कारण मध्यपहाडी लोकमार्ग अन्तरगत खोटाङको पंखु खोलाको मोटरेबल पुल निर्माणको काम अलपत्र परेको छ ।

    ठेकेदार कम्पनी सिरुवा कन्ट्रक्सनको ढिलासुस्तीका कारण दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ बुवालुङ र लामीडाँडा जोड्ने १५ मिटर लम्बाई भएको पुल तीन वर्र्षदेखि अलपत्र परेको हो ।

    २०७५ साल असार मसान्तमै सम्पन्न भइसक्नुपर्ने पुलको हालसम्म ठेकेदारले दुई किनारामा पिलर मात्र ठड्याउने बाहेकका काम गर्न सकेको छैन ।

    मध्यपहाडी लोकमार्ग अन्तरगत दिक्तेल–चखेवाभञ्ज्याङ सडक खण्डमा पर्ने पंखु खोला पुल २ करोड २९ लाखमा पूरा गर्नेगरी सिरुवा कन्ट्रक्सनले २०७२ साल असोज ७ गते ठेक्का सम्झौता गरेको थियो ।

    तर, पुलको दुई पिलर ठड्याएपछि ठेकेदार काम छाडेर वेपत्ता बनेको स्थानीय बताउँछन् । ठेकेदारले करिब ४० प्रतिशत काम पूरा गरेर पुल अलपत्र छाडेको पुष्पलाल मध्यपहाडी लोकमार्ग योजना कार्यालय धुलीखेलका ईन्जिनियर बिश्वबिजयलाल श्रेष्ठले बताउनुभयो ।

    पंखु खोला पुलको दोश्रोपल्ट थप भएको म्याद समेत २०७७ साल असारमै सकिएको थियो । पुल निर्माणमा भइरहेको ढिलासुस्तीका विषयमा जनप्रतिनिधि एबं नेताको ध्यानाकर्षण हुन सकेको छ्रैन ।

    सम्बन्धित समाचार