Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images
    पुल निर्माण

    प्रधानमन्त्रीले उद्घाटन गरेको पुल निर्माणमा चरम ढिलासुस्ती

    प्रधानमन्त्रीले उद्घाटन गरेको पुल निर्माणमा चरम ढिलासुस्ती

    सम्झौता म्याद नाघेको दुई वर्ष नाघ्दा २०० मिटर लम्बाई भएको पुलको करिब १३ प्रतिशत काम

    • शुक्रवार, श्रावण ८ २०७८

    • नेपाल वाइड


    प्रधानमन्त्रीले उद्घाटन गरेको पुल निर्माणमा चरम ढिलासुस्ती
    खोटाङको बराहपोखरी गाउँपालिका–२ सुन्तले र उदयपुरको त्रियुगा नगरपालिका–१४ साउने जोड्ने सुनकोसी पुल निर्माणको अवश्था ।

    खोटाङ । साउन ७, खोटाङ र उदयपुर जोड्ने धाप्लाङघाट पुल निर्माणको काममा निर्माण कम्पनीको चरम ढिलासुस्ती देखिएको छ । २०७६ साल असार २९ गतेभित्र सम्पन्न गर्नेगरी २०७३ साल असार ३० गते सम्झौता गरिएको खोटाङको बराहपोखरी गाउँपालिका–२ सुन्तले र उदयपुरको त्रियुगा नगरपालिका–१४ साउने जोड्ने सुनकोसी पुल निर्माणको काममा निर्माण कम्पनी रसुवा एसएनएस पप्पु जेभीको चरम ढिलासुस्ती देखिएको हो ।

    सम्झौता म्याद नाघेको दुई वर्ष नाघ्दा २०० मिटर लम्बाई भएको पुलको करिब १३ प्रतिशत काम पुरा भएको सडक बिभाग पुल योजना पुर्वी क्षेत्र सेक्टर नम्बर १ का साईड इन्जिनियर रबि शाहले बताउनुभयो । कोभिड–१९ को महामारी एवं नवौं संशोधन अनुसार मन्त्री परिषदबाट ६ महिना थप भएको म्याद पनि गत असारमा सकिएको छ ।

    हालसम्म नदीको दुई किनारामा ओपन फाउण्डेसन तथा ओपन फाउण्डेसनमाथि सव–स्ट्रक्चरको क्यापको काम सम्पन्न भएको शाहले बताउनुभयो । निर्माणस्थलमा अवलोकन गर्दा उदयपुरतर्फ नदीबिचमा गोलो पिलर उठाउने काम पनि भइरहेको देखिएको छ ।

    भोजपुरको आमचोक गाउँपालिका र उदयपुरको रानीटार जोड्ने पुल र धाप्लाङघाटको पुल ५० करोड १४ लाख ६० हजारको लागतमा पुरा गर्नेगरी ठेकेदार कम्पनी रसुवा एसएनएस पप्पु जेभीले एउटै ठेक्कामार्फत जिम्मा लिएको हो । धाप्लाङघाट पुल २०७४ साल भदौ ३१ गते प्रधानमन्त्री एबं कांग्रेस सभापति शेरबहादुर देउवाले सोही हैसियतमा शिलान्यास गर्नुभएको थियो । 

    धाप्लाङघाट पुल निर्माणमा भइरहेको ढिलासुस्तीमा जिल्लाका प्रतिनिधिसभा सदस्य बिशाल भट्टराई, हिरा गुरुङ, प्रदेश सांसद रामकुमार राई, राजन राईदेखि प्रदेश नम्बर १ की सामाजिक विकास मन्त्री उषाकला राई बेखवर झैं देखिएका छन् ।

    जिल्लाका दलकै नेता समेत ढिलासुस्तीका विषयमा चुप देखिन्छन् । निरन्तर दवाव सिर्जना गर्न सकेका भए पुल निर्माणको काम अलपत्रको अवस्थामा नपुग्ने स्थानीयको भनाई छ ।


    सम्बन्धित समाचार